Thursday, 17 August 2017 05:32 am, Nepal

प्रधानमन्त्री, दलका नेता र आयोग पदाधिकारीबीच छलफल

मेचीकाली : 2017-06-15 10:18:54


काठमाडौँ, १ असार :

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका बारेमा केन्द्रित रहेर सत्ताधारी दलका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ ।  छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमको निकासस्वरुप दोस्रो चरणको निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरुबीच सहमति कायम गर्न भइरहेका प्रयास र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउने विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ ।

सो छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अरू आयुक्तहरु सहभागी हुनुहुन्छ ।

छलफलमा दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्ण सिटौला र विमलेन्द्र निधि तथा गृहमन्त्री जनार्दन शर्मासमेत सहभागी हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु