Thursday, 17 August 2017 05:32 am, Nepal

दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा

मेचीकाली : 2017-06-13 15:38:08


दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने
काठमाडौँ, ३० जेठ :

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ । आज रिपोर्टस क्लबमा बोल्दै उहाँले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताउनुभयो । दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ ।

प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राजनीतिक रुपले केही क्षेत्रमा भने सहज वातावरण भइनसकेको अवस्था छ । सरकार, सत्तापक्ष र असन्तुष्ट दलबीच सहमतिको प्रयास भइरहेको छ । सबै स्थानमा सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ भनी पटक÷पटक गृहमन्त्रालयलाई अनुरोध गर्दै छलफल जारी राखिएको छ ।’’

निर्वाचन आयोगले निर्वाचनमा आचारसंहितालगायत निर्वाचन विवाद सम्बन्धी घटनाको अुनगमन गरी विवाद समाधान गर्न सहसचिवस्तरको अनुगमन टोली खटाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले यसरी खटिने सहसचिवका लागि आजैबाट प्रशिक्षण सुरु गरिएको बताउनुभयो । त्यसबाहेक सुक्ष्म अनुगमन टोली पनि संवेदनशीतलाका आधारमा खटाइने उहाँको भनाइ छ ।

असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको आग्रहबारे प्रमुख आयुक्त यादवले असार १४ को निर्वाचनलाई कुनै पनि हालतमा सार्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘आमजनता, मतदाता पूर्णरुपमा निर्वाचनको पक्षमा छन् । कुनै हालतमा मिति सर्दैन । मिति सर्ने कुरामा शङ्का नगरौँ । यसका लागि हामी पूर्ण तयारी गर्दै निर्वाचन सफल बनाउन प्रतिवद्ध छौँ । त्यसै चुनाव सर्दैन ।’’

मनसुन सुरु हुने महिना भएकाले मध्य असारमा वर्षा हुनेलगायतका प्राकृतिक समस्या आइपर्नसक्ने भन्दै सम्भावित प्राकृतिक समस्या आइपर्ने कुरालाई मध्यनजर गर्दै आयोगले मतदातालाई सुरक्षा दिई मतपेटिकाको सुरक्षित ढुवानीका लागि पनि तयारी गरिसकेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु