Thursday, 17 August 2017 05:35 am, Nepal

राजपाको बन्दले तराईको जनजीवन प्रभावित

मेचीकाली : 2017-06-13 08:43:28


सर्लाही, ३० जेठ :

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आब्हान गरेको बन्दले बिहानैदेखि तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका मलंगवा, गौर, जलेश्वर, कलैया, जनकपुर, राजविराज जस्ता मुख्य बजार बिहानैदेखि बन्द छन् । सदरमुकाम जोड्ने हुलाकी राजमार्गमा गाडी चल्न सकेका छैन् । पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल र केही मालबाहक सवारी बाहेक सार्वजनिक गाडी चलेको छैन् ।

राजधानीबाट आएका केही सवारी साधन राती नै गन्तव्यमा पुगेका छन् भने केही बाटैमा रोकिएका छन् । यसक्षेत्रका शैक्षिक संस्था भने खुलेका छन् । उत्तरी भेगका बजार, कलकारखाना र उद्योग पनि सञ्चालन भैरहेको छ । संविधान बिथोल्ने गरि चरणवद्ध आन्दोलनको घोषणा गरेको राजपा नेपालले आजदेखि असार २ गतेसम्म मधेश, थरुहट र लिम्बुवान बन्दको आब्हान गरेको हो । बन्दको पूर्व सन्ध्यामा राजपा नेपालले गएसाँझ सर्लाही सदरमुकाम मलंगवा सहित ग्रामीण भेगमा मसाल जुलुस निकालेको थियो । आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन सर्लाहीका गाउँगाउँमा आन्दोलन परिचालन समिति गठन गरेको राजपा नेपालका नेता प्रमोद शाहले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु