dashain
Wednesday, 17 October 2018 03:40 pm, Nepal

अछाममा चुनावी चलहपहल बढ्दै

मेचीकाली : 2017-06-09 10:51:34


 अछाम, २६ जेठ :

दोस्रो चरणको निर्वाचनको मिति नजिकिंदै जाँदा अछाममा चुनावी चहलपहल बढ्दै गएको छ । चुनाबको मिति नजिकीदै गर्दा पढाईको शिलशिलामा बाहिर गएका तथा रोजगारीका लागि विदेश गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । चिया पसलदेखि टोल–टोल, गाउँ र नगरसम्म जताततै चुनावकै चर्चा परिचर्चा हुने गरेको छ ।

दोस्रोचरणको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सिङ्गो पार्टी परिचालित भएको विभिन्न पार्टीहरुले जनाएका छन् । अछाममा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले अछामका १० वटा स्थानीय तहमा उम्मेदवारको टुङगो लगाइसकेको छ । कांग्रेसले केही स्थानीय तहमा उम्मेदवारकोे टुङ्गो लगाउन ठुलै कसरत गर्नुपरेको छ । विशेष गरी उम्मेदारका आकाङ्क्षी बढि भएकाले निकै अपठ्यारो परेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु