Monday, 26 June 2017 02:32 am, Nepal

मतदानअधिकृतदेखि सहयोगीसम्म महिला

मेचीकाली : 2017-06-25 15:48:39

इलाम, ११ असार : स्थानीय तहको निर्वाचनमा इलामका चारवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ । इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालय, सोही नगरपालिकाको भगवती मावि, र इलाम विद्यामन्दिर र माई जोगमाई गाउँपालिकाको अमरकल्याण मावि नयाँबजारमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदै, चुनावी प्रचारप्रसार गर्न नपाइने

मेचीकाली : 2017-06-25 08:49:38

काठमाडौं, ११ असार : असार १४गते हुने दोस्रोे चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने भएको छ । मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।    आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार “स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ ।

पुरा पढ्नुहोस्

‘पानी देऊ अनि मात्र भोट दिन्छौ’

मेचीकाली : 2017-06-24 13:53:45

पाल्पा, १० असार : रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनाव भन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ । यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन् । विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाईमा पुगेका छन् ।

पुरा पढ्नुहोस्

रुकुमको ३ गाउँपालिकामा ४ सय १२ जनप्रतिनीधि चुनावी मैदानमा

मेचीकाली : 2017-06-24 08:44:34

रुकुम, १० असार : प्रदेश नं. ५ अन्र्तगत रुकुमको पूर्वी भागमा पर्ने ३ वटा गाउँपालिकामा ४ सय १२ जना जनप्रतिनीधिहरुले स्थानीय चुनावमा प्रर्तिस्पर्धा गर्ने भएका छन् । जिल्लाका ३ गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगाबाट असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावमा स्थानीय जनप्रतिनीधिहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

पुरा पढ्नुहोस्

तीन सय ६३ उम्मेदवारले खर्च विवरण बुझाए

मेचीकाली : 2017-06-24 08:35:52

पोखरा, १० असार : कास्कीका विभिन्न दलका तीन सय ६३ उम्मेदवारले निर्वाचनमा गरिएको खर्च विवरण बुझाएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी तेजबहादुर गुरुङका अनुसार खर्च विवरण बुझाउनेमा नेपाली काँग्रेसका ९५, नेकपा (एमाले)का ८७, नेकपा (माओवादी केन्द्र)का ८२, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालका ५३, राष्ट्रिय जनमोर्चाका ३६ र देशभक्त जनतान्त्रिक मोर्चाका १० जना उम्मेदवार छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु