Happy tihar
Monday, 23 October 2017 08:26 am, Nepal

वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु

मेचीकाली : 2017-04-06 13:13:48


महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् । चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरहेका बेला दिसा लाग्दा शौचालय गएको र शौचालयमै लडेर उनको मृत्यु भएको उनका भाइ सिकिन्दर महराले बताउनुभयो ।

साथीहरुले आज बिहान ड्युटीका लागि उनलाई उठाउन जाँदा नउठेपछि उनको ढोका फोरेर हेर्दा उनी शौचालयमै लडेर मृत अवस्थामा फेला परेको भाइ सिकिन्दरले बताउनुभयो । मृतक मिथिलाको आमा, पत्नी, चार सानासाना छोरी र एक छोरा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु