Tuesday, 26 September 2017 04:54 pm, Nepal

हाम्रो परिवर्तन किन ?

मेचीकाली : 2010-07-17 04:08:32


लगभग चार वर्ष अघिदेखि हामीले काभ्रे तथा आसपासका जिल्लाका समाचार, सूचना, जानकारी र अन्य विविध विषयवस्तुहरु समावेस गरि काभ्रेली डटकम (www.kavreli.com)  अनलाइन पोर्टल सुरु गरेका थियौं ।

यस अवधिको यात्रामा हामीलाई साथ दिनुहुने असंख्य पाठकहरु, विज्ञापनदाताहरु र शुभेच्छुकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

यसवीचमा हाम्रा पाठकहरुको असीमित चाहना, अनलाइनप्रतिको वढ्दो जनचासो र यसको विकासलाई मध्यनजर गर्ने क्रममा हामीले अबका दिनमा कुनै ठाउँ विशेषमा मात्रै खुम्चिएर बस्न समय सापेक्ष नहुने बुझेका छौं ।

तपाईं आदरणीय पाठकहरुको सल्लाह र सुझाव अनुरुप काभ्रेली डटकमलाई हामीले मेचीकाली डटकम (www.mechikali.com) मा रुपान्तरण गरेका छौं । हामी अझै विस्तारित र फराकिलो भएर यहाँहरुको सेवामा हाजिर भएका छौं । मात्रै समाचार र सूचना हाम्रो लक्ष्य हुनेछैन । सूचना प्रविधिलाई आम नागरिकको जीवनशैली बनाउन हामी अथक प्रयास गरिरहनेछौं ।

यसका लागि तपाईंहरुको साथ र सहयोग अनि सल्लाह तथा सुझावको सधै प्रतीक्षामा हामी रहने छौं । र, काभ्रेली डटकमलाई केही समयभित्र काभ्रेको पाश्र्वचित्रको रुपमा हेर्न पाउनुहुनेछ भन्ने विश्वाससमेत दिलाउन चाहन्छौं । यस्तै केही समयभित्रै पाठकहरुको चाहनालाई मध्यनजर गर्दै छुट्टै मनोरञ्जनप्रधान वेबसाइट पनि सुरु गर्दैछौं ।

यो विषयका प्रतिक्रियाहरु

apil basnet:Apr 24, 2013 04:41:41 PM

Everything is good and we read fresh news everyday but it is all about nepal than why have you add hot pictures of indian actress..please we want Nepalese actress....Stop using hot picture of them...

thanking you
Apil
UAE

Gyan:Feb 10, 2013 02:50:19 PM

Prime minister ko lagi Get well Soon bhanna chahanchhu.

imandar budha :Jan 28, 2013 11:21:38 PM

तपाईंहरुको प्रयत्न सफल रहोस साथै हामीले पनि www.imandar.net सन्चालनमा ल्याउदै छौ हामी पनि तपाहरुलाई साथ दिने छौ हाम्रो तर्फ बाट पूर्ण सफलताको शुभकामना

devendra karki:Jul 16, 2012 01:40:23 PM

मेची कलि नेव्स वेरी गूद नेव्स फोर द ऑल ओवर नेपाली

Prakash Khadka:Apr 25, 2012 12:11:42 PM

Very good and informative districwise for research as well. Thank you !

Mahaley:Aug 20, 2011 10:59:25 AM

Cool! That\'s a clever way of looinkg at it!

Khadayat:May 14, 2011 03:59:46 PM

विदेश बसेर मेचीकाली डटकम जस्ता ओन लाइन साइट पढ्दा गर्ब लाग्छ, राम्रो छ, धेरै राम्रो लाग्छ, यसको उत्तरोक्तर प्रगतिको कामना गर्दछौ.
नेपाली बिद्यार्थी समुह, बंगलोर
भारत

Dhananjay Joshi:Jay:Mar 10, 2011 06:09:52 PM

राम्रो प्रयाश, हाम्रो जस्तो इन्फोर्मेशन technologies को छेत्रमा धेरै पछाडी परेको देशमा यो सारै प्रशंशानीय काम हो . साथी हरु लाई मुरी मुरी शुभकामना ....एउटा सानो जिग्यंसा के भने दैनिक रुपमा न्युज अपडेट गरेर राखन सकिन्थ्यो भने सुन मा सुहाग हुने थियो हामी जस्ता पाठक हरुको लागि....धन्यवाद

Subas Chandra Dhungana:Dec 11, 2010 07:12:47 PM

तपाई हरुको यो भनाइ \"कुनै ठाउँ विशेषमा मात्रै खुम्चिएर बस्न समय सापेक्ष नहुने बुझेका छौं\" तर kavreli.com लाइ बन्द नै नगरेको भए चाही हुन्थ्यो . मैले यो kavreli.com domain पहिले देखि नै खोजि raheko thiye तर तपाई haru le chalaunu भएको मा मलाई खुसि नै लागेको थियो / Can you provide this domain for me ? I want to continue this website again for kavre information.

सलीम सुब्बा :Oct 6, 2010 06:13:45 PM

तपाईहरुको यो प्रयास सारै नै राम्रो लाग्यो l पुर्व मेची अनि पश्चिम महाकाली हुदै पुरैनै सिङ्गो नेपाललाइ समेटेर यो साइटको निर्माण गर्नु भएको रहेछl अझ यसलाई फराकिलो पार्दै लानुहोस यहि छ बिजया दशमी को शुभकामना
समस्त \"मेचीकाली डट कम\" परिवारप्रति l

Suresh Shrestha:Aug 13, 2010 05:57:23 PM

Very Glad to see this Improvement, Web site Five development Ma Break gare ko ramro lagyo, design pani ramro nai chha..technically pani dami chha, logo ma ali chitta bujena teati ho, la la dheari dheai suvakama na chha mero.

balkrishna khanal:Aug 5, 2010 04:22:35 PM

धरै धरै सुवकामाना छ |

Bashanta Raj:Aug 3, 2010 04:19:21 AM

I am very sad. that you closed kavreli.com. but i like kavreli.com not me hikali.com. if you want know news about mechi to mahakli there is ekantipur. there is nepalnews.com there is newsof nepal.com there are a lot of other website to read news from nepal. i am from kavre i love my nepal and my kavre i want news from kavre. i look kavreli.com to know the news.views and issues of kavre not from other. there are a lot of website for news from entire nepal so i like kavreli.com. some how mechikali.com also good not bad but i want kavreli.com along with mechikali.com that\'s it thank you

Ravi kumar udash:Jul 25, 2010 03:06:21 PM

मेची काली.कम लाई धेरै धेरै धन्यवाद,

chanchal thing:Jul 22, 2010 02:17:38 PM

बधाई छ तपाईharulai संचार छेत्रलाई फराकिलो बनाउनु vakoma

Jayendra:Jul 22, 2010 01:53:27 PM

तपाईहरुको आफ्नै योजना होला त्यसैले कार्यक्षेत्रलाई फराकिलो पर्दै मेचीकाली शुरु गर्नुभयो, ठिकै छ. तर हामी काभ्रेली पाठकहरु सधैजसो अबपनि आफ्नो जिल्लाका समाचार तथा गतिविधिहरु बृस्तितरुपमा पढ्न पौने कुरामा आशाबादी छौ.

raju thapa:Jul 22, 2010 11:10:03 AM

मेचिकलिका कुराको चिन्ता लिनु भन्दा ताल्धुन्गा बेख्सिम्लेतिराका कुराको चिन्ता लिएको भए हुन्थ्यो.... जे hos बधाई छ मेचिकलिलाई..

बालकृष्ण घिमिरे:Jul 21, 2010 12:02:28 PM

सारै राम्रो सोच बनाउनु भएकोमा मेचीकाली डट कम परिवारलाई हार्दिक धन्यवातका साथै उत्तर उत्तर प्रगतिको कामना !
बालकृष्ण घिमिरे, टुकुचा ७ काभ्रे हाल:-कुवेत

Pukar Gautam:Jul 19, 2010 08:19:26 AM

राम्रो अतिरम्रो मेचीकाली. कम परिवारलाई धेरै सुभकामना छ . सहयोग को लागी सधै तयार छु .

madhukar gelal:Jul 19, 2010 12:01:09 AM

kavreli.com लाई नाम परिवर्तन राम्रो भयान . To read the full news of country there are other site also. So i think is not good.

padam dhungana:Jul 18, 2010 04:17:34 PM

राम्रो अतिरम्रो मेचीकाली. कम परिवारलाई धेरै सुभकामना छ . सहयोग को लागी सधै तयार छु .

roshan:Jul 18, 2010 03:07:05 PM

तपाई हरु को परिबर्तन देखेर हामीलाई पनि खुसि लागेको छ तर आस्ति सम्म काभ्रे लाई मात्र समेटेर बनाउन भयको थियो अहिले पुरै नेपाल लाई समेट्नु भएछ . आब हामी ले kavreli .com खोलेर हेर्नु पर्ने आवसेक नै छैन होला किनभने सारा नेपाल को समाचार हेर्न त अरु website हरु पनि छन् नि होइन र ?

बिक्रम थापामगर:Jul 18, 2010 12:33:23 PM

साँघुरिँदो विश्वमा मेचीकाली डटकमले नेपालको एउटा छुट्टै पहिचान बनाएर राख्छ भन्नेमा म विश्वस्त छु । यसलाई अझै परिस्कृत र प्रभावकारी बनाएर सबै नेपालको साझा थलो बनाउनसक्नुहोला ।
ठूला राजनीतिक समाचार मात्रै होइन गाउँघरमा घटेका साना घटना विकासका कुरा विनासका कुरा शिक्षा स्वास्थ्य अनि कृषि व्यावसायका कुरा यसमा समेटियोस् । विश्वका कुनै पनि कुनामा बसेर आफ्नो गाउँघरको खबरमा प्रत्येक दिन अपडेट भइरहने व्यवस्था मिलाओस् मेचीकालीले । यसका सबै साचालक सम्पादन टिम र व्यवस्थापनमा रहेका सबैलाई बधाई अनि सधैं सहयोगको सुभेच्छा पनि ।
बिक्रम थापामगर
कास्की
हालः काठमाडौं

Bimal neupane:Jul 18, 2010 12:09:52 AM

सर्ब प्रथम त कव्रेली .कमलाई धेरै धेरै बधाई दिन चाहन्छु . कव्रेली .कमले सधै भरि येसरी नै प्रगति गर्दै जाऊस येही छ मेरो सुभ कामना कव्रेली परियारलाई बिमल न्यौपाने हाल दोहा कतार

Badri Thapa:Jul 17, 2010 10:55:32 PM

यहाँ हरुको उत्तर-उत्तोर प्रगतिको कामना गर्दै यो काभ्रेली केटो यहाँ समक्ष बिनम्र अनुरोध गर्न चाहन्छु कि सम्पूर्ण काभ्रेली बासीहरुको माया-ममता लाइ पनि नाबिर्सिदिनु होला, भन्छन \"जननी जन्म भुमिस्चा स्वोर्गादापी गरियेसी\".........

के गर्ने र ??????? आफु गाउघर देखि टाडा भए पनि ति पाखा र पखेरा हरु को याद ले सताई रहदो रहेछ, त्यसको विकल्प मात्र काभ्रेली.कम थियो ............... विश्वास छ, रहिरहनेछ ..............

बद्रि थापा
महादेबतार-४, काभ्रे.
हाल: दुबई,

sanjeev bista:Jul 17, 2010 07:50:59 PM

कावरेली.काम कावरेली को मात्री नभएर सम्पूर्ण नेपाली को बनाउने तपाई हरु को यो प्रेस एक दामी राम्रो छ ! सदा उत्तोरतोर प्रगति को कामना गर्दछु ! थान्क यौ !!!!!!!!!!!!!!!

suwash lama anaikot 9 kavr:Jul 17, 2010 06:06:00 PM

dherai dherai subhakamana chha hajurharulai paripartan hunu bhayeko ma ,ra badhai pani chha

gobinda :Jul 17, 2010 02:29:38 PM

प्रितीमन तामांग ज्यु को भनाइ मा सहमत हुँदै मेचीकाली .कम लाई आफ्नो घर लाई चाही नभुल्न हुन बिनम्र अनुरोध गर्दछु. साथै kavreli.com अथवा मेचीकाली.कम लाई देश तथा विदेश को समाचार को लागि धन्यवाद दिन चाहन्छु. महाशय ज्यू कोशीपारी को समाचार हरु नछुटोस नि !!!

मेचीकाली.कम को उत्तर उत्तर प्रगति को कामना !!!!!

गोबिन्द प्रसाद चौलागाईं
कात्तिके देउराली - नौ
बोक्से, काभ्रे

harihar dahal:Jul 17, 2010 01:48:42 PM

आफ्नो लक्ष्य लाई फराकिलो बनाई पुरै देश को समाचार प्रेसित गर्ने kavreli.com शुभ कामना / तर आफ्नो सुरुको रुप र सैली साथै काव्रे शिन्धु को समाचार नबिर्सनुहोला / कव्रेली को माया लाई सधै सम्छिनु होला / हामीले अब kavreli.comबालक बाट किसोर भएको महसुस गरिरहेछौ
हरिहर दाहाल
काभ्रे

priti man tamang :Jul 17, 2010 01:13:02 PM

बधाई छ मेचीकाली.कम/काभ्रेली.कम लाइ !!! तर

कतै पूरै देश को खबरको नाम मा हाम्रो गाउँ घरको खबर चाही ओझेल मा पर्ने पो हुन् कि ? कृपया हामि हाम्रो गाउँ घर को खबर बाट बन्चित हुनुपर्ने छैन भन्ने आश लियका छौं !

प्रितिमान लामा
ज्याम्दी-५ काभ्रे.


bhola thapa :Jul 17, 2010 01:04:18 PM

राम्रो अति राम्रो हजुर लाई धन्यबाद छ

Ramkrishna Giri:Jul 17, 2010 11:40:04 AM

सब प्रथम त सबै kavreli.com team लाई बधाई छ उतर -उतर प्रगति को कामना गर्दछु. यो नया वेब हेर्दा धेरै नै खुसि लाग्यो / एउटा खास ठाउँ बिशेस लाई भन्दा पनि सबै देशबासीहरु लाई नै सगेटिएर पत्रकारिता गर्न सोच्नु नै उतम कुरा हो /

रामकृष्ण गिरी
बालाजु, काठमाडौँ

Ashok Karki:Jul 17, 2010 10:31:16 AM

यो नया वेब हेर्दा खुसि लाग्यो, वेब को नाम जस्तै तपाईंहरुको परिकल्पना अनुसार को काम पनि होस् भन्ने कामना गर्दछु/ Kavreli.com हामी जस्ता विदेश मा बस्ने मान्छेले आफ्नो मातृभूमि को पहिचान को रुपमा दिनमा कम्तिमा एकपटक खोलेर स्थानीय समाचार र गतिबिधि नहेरी चित्त नबुझ्ने बानि परेको छ/ यो वेबलाई कुनै पनि हालतमा हाम्रो जिल्लाको हालचाल बुझ्ने पोर्टल को रुपमा भएपनि अबश्य ल्याउनुहोला/ यो वेब लाई हटाएर जिल्ला को गर्वलाई मेट्ने काम चाही नहोस / अन्तमा यहाँहरुमा रहेको सिर्जनात्मक ढङ्गले अघि बढ्ने क्रमको निरन्तरता सधै रहिरहोस भन्ने सुभेच्छा /
अशोक कार्की
महेन्द्रज्योति, बासडोल, काभ्रे
हाल: न्युयोर्क, अमेरिका

prakash:Jul 17, 2010 10:22:19 AM

काभ्रेली.कम को यो प्रयासको लागि धन्यवाद , यो टिमले अहिले सम्मको चार वर्ष अबधि पार गर्दा गरेको दुख तथा सास्तीको बाबजुद आज काभ्रे जिल्ला मात्र नभई देश भरिकै समाचार सम्प्रेसन गर्ने जुन जमर्को गरेको छ यसको सफलताको सुभकामना तथा सूचना प्रविधिको दिशामा अझै अगाडी बढ्न सकोस भन्दै उत्तरोत्तर प्रगतिको समेत कामना छ /

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु