Sunday, 24 September 2017 12:32 pm, Nepal

'कांग्रेस अधिनायकवाद चाहँदैन'

मेचीकाली : 0000-00-00 00:00:00


बनेपा, १५ चैत
नेपाली काग्रेस केन्द्रिय सदस्य उमा अधिकारीले तानाशाही राजतन्त्रलाई अन्त्य गरी वामपन्थी अधिनायकवादलाई सुम्पिन काग्रेसले नचाहेको बताएकी छन् ।
नेपाल महिला संघ जिल्ला शाखा काभ्रेले आयोजना गरेको संविधानसभाको चुनावमा महिलाहरुको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा अधिकारीले संविधानसभाको निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउँदै लोकतन्त्र नभएमा जनताको अधिकार सुनिश्चित नहुने बताइन् । उनले माओवादी र एमालेलाई लक्षित गर्दै सत्ता सरकार र संसदमा भएको पार्टीले नानाथरी कुरा गर्नु उचित नभएको पनि बताइन् ।
संविधानसभा निर्वाचनमा कसैको हार जित नहुने भन्दै उनले सम्पुर्ण राजनीतिक दल मुलधारमा आएर कसैले कसैलाई आरोप लगाउन नहुने बताइन् ।
कार्यक्रममा क्षेत्र नं ३ का उमेदवार शिवप्रसाद हुमागाईंले अन्य पार्टीले आचारसंहिता पालना नगरी आफूलाई खेदो गरेको बताए । अन्य पार्टी कांग्रेस पार्टी र आफूदेखि डराएर खेदो गरेको भन्दै हुमागाईंले जति खेदो गरे पनि कांग्रेसले सबै क्षेत्र सुनिश्चित बनाइरहेको बताए । उनले पत्रपत्रिकाले पनि आचारसंहिता पालना नगरी उम्मेदवारहरुको खेदो गरेको बताए । जसले जे आरोप लगाए पनि आफूले सामाजिक क्षेत्रमा सहयोग गरिरहेको उनले बताए ।
कार्यक्रममा कांग्रेस समानुपातिक उम्मेदवार चन्द्रलक्ष्मी ताम्राकारले कांग्रेसले जितेमा महिलाहरुको अधिकार सुनिश्चित हुने धारणा व्यक्त गरेकी थिइन् । कार्यक्रममा तरुण दलका प्रशिक्षक महेश दाहालले मानवअधिकार मौलिक अधिकार सुनिश्चित गर्न, दिगो शान्ति कायम गर्न संविधानसभाको चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताए । कार्यक्रममा समानुपातिक उमेदवार जिवना वादे, प्रचण्ड प्रधान लगायतले बोलेका थिए । कार्यक्रमको सभापतित्व महिला चुनाव प्रचारप्रसार समिति क्षेत्र नं ३ की संयोजक विकूमाया शाक्यले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु