Tuesday, 19 December 2017 02:02 am, Nepal

केयू आइटी मिट २०१७ सुरु

मेचीकाली : 2017-01-20 19:03:21


काभ्रे-

सूचना प्रविधिको वृहत मेला केयू आइटी मिट २०१७ आजबाट काठमाडौं विश्वविद्यालय धुलिखेलमा सुरु भएको छ । मेला काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब केयुसिसि र काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स तथा इन्जियनरिङका विद्यार्थीहरुले संयुक्तरुपमा आयोजना गरेका हुन् । मेलाको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्टका उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा स्कुल अफ इन्जिनियरिङका डिन भुपेन्द्र बिमल क्षेत्री, स्कुल अफ साइन्सका डिन मोहनबिक्रम ज्ञवाली, कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागका प्रमुख पोखरेल लगायतले मन्तव्य राखेका थिए । विज्ञान तथा प्रविधि मन्त्रालयको विशेष सहयोगमा आयोजित मेला पर्सि आइतबारसम्म सञ्चालन हुनेछ । मेलाको गोल्ड स्पोन्सरमा योमरी प्रालि, सिल्भर स्पोन्सरमा सिप्रदी ट्रेडिङ प्रालि तथा ब्रोन्स स्पोन्टरमा लिफ्रग टेक्नोलोजी, लिफ्रग एकेडेमी, भर्सेन्ट र जेटिई मोबाइल रहेका छन् । मेलामा विज्ञान प्रविधिका साथै विभिन्न किसिमका परिकारहरुका साथै काठमाडौं विश्वविद्यालयका विभिन्न क्लबका गरी ४० वटा स्टल राखिएका छन् । मेलाको मुख्य आर्कषणको रुपमा यसपाली ह्याकिङ प्रतिस्पर्धा रहेको छ ।
 यो नेपालमा पहिलो चोटी आयोजना गरिएको प्रतिस्पर्धा हो । यसअघि नेपालमा ह्याकिङ प्रतिस्पर्धा भएको थिएन । यसको साथै मेलामा सफ्टवेयर प्रतियोगिता, हार्डवेयर प्रतियोगिता, साइबर गेमिङ, गूगलिङ, थ्रीडी मुभी, आईटी क्विज, टेकआर्ट कोल्याबोरेशन वर्कशप, करीअर काउन्सेलिङ, थीममा आधारित सम्मेलन, टक शो, डेभलपर्स मीटलगायत कार्यक्रम गरिनेछ । मेलाकै अवसरमा नेपाली चलचित्र कालोपोथी र बिजुली मेसिनसमेत प्रदर्शन गरिँदैछ । केयुसिसिले सन् २००६ देखि बर्षेनी यस्तो मेला आयोजना गर्दै आएको छ । मेलाको रेडियो पार्टनरको रुपमा प्राइम एफएम १०४.५ मेगाहर्ज रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु