Tuesday, 26 September 2017 12:37 am, Nepal

हिमालयन स्न्याक्स बन्द

मेचीकाली : 0000-00-00 00:00:00


काभ्रे, ६ माघ -कास)- हिमालयन स्न्याक्स एन्ड नुडल्स प्रालिले जनागालस्थित उद्योग आइतबारदेखि अनिश्चितकाललाई बन्द गरेको छ । माओवादी मजदुरले कारखानाको उत्पादन रोकेपछि बिहीबारदेखि कारखाना सञ्चालनमा आएको थिएन । व्यवस्थापनले आइतबार कारखाना बन्द गराएको सूचना जारी गरेको छ । 'मजदु रहरू कारखानामा आउने तर काम नगर्ने भएकाले बन्दको सूचना जारी गरेका हौं,' हिमालयन स्न्याक्सका उप निर्देशक रवीन्द्र सिलवालले भने । व्यवस्थापनले ज्यालादारी काम गर्दै आएका १ सय ३८ मजदुरलाई निष्कासन गरेको छ । मजदुर माघ ३ गते उत्पादन रोकेर काठमाडौंस्थित केन्द्रीय कार्यालय र कर्पोरेट कार्यालय घेराउ गर्न पुगेका थिए । 'वितरण रोकेदेखि एक लाख कार्टुन चाउचाउ अलपत्र परेको छ, थप राख्ने गोदाम छैन,' सिलवालले भने- 'उत्पादन गर्ने अवस्था छैन ।' मजदुरलाई सुविधा दिने कुरामा एक वर्षघि सम्झौता भए पनि त्यो सम्झौता मान्न माओवादी मजदुर तयार नभएको सिलवालले बताए । निकालिएको मजदुर पुनबर्हाली नगरे अरू मजदुरहरूले पनि काम नगर्ने माओवादी निकट औद्योगिक मजदुर संघका उपाध्यक्ष होमबहादुर खुलालले बताए । 'मजदुरलाई स्थायी र अस्थायी गर्नुपर्ने, केही सुविधा बढाउने बाहेक अरू माग थिएन,' उनले भने- 'तर फ्याक्ट्री बन्द गराइदियो ।' माओवादी मजदुरले सोमबार विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्न आफूहरूले तयार रहेको पनि खुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु