Sunday, 18 November 2018 06:18 pm, Nepal

जाडोले सुत्केरीलाई समस्या

मेचीकाली : 2016-01-23 13:25:06


बर्दिया, ९ माघ :

अत्यधिक जाडोले बाढीपीडित सुत्केरी महिला समस्यामा परेका छन् । उचित गाँस र बासको अभावका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखा परेको छ । माघ महिना सुरु भएसँगै बढेको जाडोले बालबालिकामा निमोनियाको समस्या देखिएको छ ।

अत्यधिक जाडोमा पनि त्रिपालमुनि बस्नुपर्ने भएकाले बालबालिकामा निमोनियाको समस्या बढेको छ । गत साउन अन्तिम साता गएको बाढीले घरबारविहीन भएका रामपुरटप्परका ४२ घरपरिवार गुलरियाको खेल मैदानमा त्रिपाल हालेर बसिरहेका छन् । त्रिपालमुनिको बसाइँले गर्दा चिसोले बच्चामा निमोनिया सुरु भएको २६ वर्षीया सुत्केरी ईश्वरी रानाले बताउनुभयो ।

बयालीस घर परिवार रहेको शिविरमा छ महिनासम्मका छ जना सुत्केरी भएका छन् । लुगाकपडाको कमी र दिउँसो पनि घाम नलाग्ने भएकाले समस्या भोग्नु परेको सुत्केरी रानाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु