Sunday, 24 September 2017 12:31 pm, Nepal

काभ्रेमा ५ बर्षमा ७३ बलात्कारका मुद्दा दर्ता

मेचीकाली : 2015-03-25 08:48:21


काभ्रे, ११ चैत :

पछिल्लो पाँच वर्षमा काभ्रेमा बलात्कारका ७३ वटा मुद्दाहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेमा अनुसार पछिल्लो पाँच वर्षको अवधिमा कार्यालयमा जर्वजस्ती करणीका ५४ वटा मुद्दा र जर्वजस्ती करणी उद्योगका १९ मुद्दा गरि ७३ वटा मुद्दाहरु दर्ता भएका छन् ।

मंगलबार आयोजित जर्वजस्ती करणी अपराध नियन्त्रण अभियान सम्बन्धी जिल्ला स्तरिय कार्यशाला गोष्ठिमा जिल्ला प्रहरी प्रमुख एसपी पुजा सिंहले यस्तो जानकारी दिएकी हुन् । कार्यक्रममा कार्यालयको पाँच वर्षे तथ्याङक सार्वजनिक गर्दै एसपी सिंहले आर्थिक वर्ष २०६७÷०६८ मा कार्यालयमा बलात्कारका ७ वटा मुद्दा दर्ता भएपनि त्यसपछिका हरेक वर्ष बलात्कारका घटनामा बृद्धि भएसँगै प्रहरीमा मुद्दा दर्ता पनि बढी भएको बताईन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष ३०६८/०६९ मा ६ वटा, २०६९/०७० मा १७, २०७०/०७१ मा २३ वटा र चालु आर्थिक वर्षको हालसम्म २२ वटा जर्वजस्ती करणीको मुद्दा दर्ता भएका छन् । एसपी सिंहले प्रहरीमा आएका बलात्कारका मुद्दामा सामुहिक डर त्रासका कारण ४ वटा, डर धम्कीबाट ३९ वटा, प्रलोभनमा २८ वटा, नशालु पदार्थ सेवन गराएर बलात्कार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु