Wednesday, 20 September 2017 06:39 pm, Nepal

दलहरुलाई सहमतिका लागि दिएको म्याद आज सकिँदै

मेचीकाली : 2015-03-25 08:45:56


संविधानसभाको अर्को बैठक बोलाउन सभाध्यक्षले छलफल गर्दै
काठमाडौं, ११ चैत :

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि दिएको अल्टिमेटम आज सकिंदैछ । संविधानका अन्तर्वस्तुमा सहमति गर्न दलहरूलाई दिएको अल्टिमेटम सकिएपछि सभाध्यक्ष नेम्वाङले छलफल गर्न लाग्नु भएको हो । नेम्वाङले प्रक्रिया अघि बढाउने विषयमा आज नै प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैहुनुहुन्छ ।

छलफलमा दलहरुबीचको विवाद र संविधानसभाको बैठकको नयाँ मिति तोक्ने विषयमा कुराकानी हुनेछ । नेम्वाङले आफ्नै कार्यकक्षमा दिउँसो १ बजे प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ । नेम्वाङले संविधानसभा बैठकको अर्को मितिका बारेमा प्रमुख सचेतकहरूको धारणा बुझ्ने उहाँको सचिवालयले जनाएको छ ।

संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले संविधानका विवादित अन्तर्वस्तु र प्रक्रिया कुनैमा सहमति नभएपछि आगामी प्रक्रियाका बारेमा कुराकानी गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिनुभयो । दलहरुबीच लामो समय संविधान निर्माण प्रक्रिया रोक्दा पनि सहमति भएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु