Tuesday, 26 September 2017 12:36 am, Nepal

आजदेखि विपक्षी मोर्चाको आन्दोलन

मेचीकाली : 2015-03-25 08:42:30


काठमाडौं, ११ चैत :

सरकार विरुद्ध आन्दोलन गरिरहेको विपक्षी दलले आजदेखि आन्दोलन सुरु गर्ने भएको छ । सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आजबाट दोस्रो चरणको आन्दोलन सुरु गर्न लागेको हो ।

 ३० दलीय मोर्चाले आजदेखि प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक स्थानमा कालो झन्डा देखाएर विरोध गर्ने बताएको छ । त्यस्तै प्रधानमन्त्री र मन्त्रीहरुलाई बहिष्कार एवम् अवरोध गर्ने कार्यक्रम पनि रहेको मोर्चामा आवद्ध दलहरुले जनाएको छ । चैतको २३ गतेपछि गर्ने भनिएको हड्ताल कार्यक्रमको तयारीका लागि आजदेखि सांकेतिक आन्दोलन गर्न लागेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु