Friday, 22 September 2017 05:37 pm, Nepal

ताप्लेजुङको आगजनी पिडितलाई तत्काल राहत दिन गृह मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

मेचीकाली : 2015-03-24 17:39:23


काठमाडौं, १० चैत :

प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङको सदरमुकाम फुङलिङ् बजारमा आगजनीबाट भएको ठूलो क्षति प्रति दुःख प्रकट गर्दै तत्काल राहत दिन गृह मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री कोइरालाले आगलागि पीडितहरुलाई तत्काल राहत, बसोबास र पुनःस्थापनाका कार्यक्रम तुरुन्त आरम्भ गर्न गृह मन्त्रालयलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीले राहत र पुनःस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय र सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई अपिल गर्नु भएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा हिजो साँझदेखि भएको आगलागीका कारण चार दर्जनभन्दा बढी घर जलेर नस्ट भएका छन् । आगलागीबाट चार दर्जन घर जलेर नष्ट भएका छन् ९० परिवार विस्थापित भएका छन् । हिजो बेलुकी करीव साढे ७ बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु