Tuesday, 26 September 2017 11:08 am, Nepal

विश्वकप : ऐतिहासिक जितसहित न्युजिल्याण्ड फाइनलमा प्रवेश

मेचीकाली : 2015-03-24 16:09:43


दक्षिण अफ्रिका ४ विकेटले पराजित

दक्षिण अफ्रिकालाई हराँउदै न्यूजिल्यान्ड पहिलोपटक एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्यान्डको अकल्यान्डमा आज भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराँउदै न्यूजिल्यान्डले इतिहास रचेको हो । जितका लागि अन्तिम दुई बलमा ५ रन चाहिएको अवस्थामा डेल स्टेनको बलमा जर्ज इलियटले छक्का प्रहार गर्दै घरेलु टोलीलाई विजयी गराएका हुन् ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले बर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । दक्षिण अफ्रिकाका लागि फाफ् डु प्लेसिसले सर्वाधिक ८२ रन जोडे । यसैगरी, एबी डे भिलायर्सले ६५, डेभिड मिलरले ४९ तथा राईले रुसोले ३९ रनको योगदान दिए । जवाफमा डकवर्थ लेविस नियमअनुसार ४३ ओभरमा २ सय ९८ रनको चुनौती पाएको न्यूजिल्यान्डले खेलमा १ बल बाँकी छँदा ६ विकेट गुमाएर विजय लक्ष्य हासिल ग¥यो । न्यूजिल्यान्डका लागि जर्ज इलियटले अविजित रहँदै सर्वाधिक ८४ रन जोडे । यसैगरी, ब्रेन्डन म्याक्कुलमले २६ बलमा ५९ रनको विस्फोटक ब्याटिङ गरे भने कोरे एन्डर्सनले ५८ रन जोडे । दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले ३ विकेट लिए ।

जारी विश्वकपको सहआयोजक न्यूजिल्यान्ड यसअघि ६ पटक विश्वकप क्रिकेटको सेमिफाइनलमा पराजित भएको थियो भने दक्षिण अफ्रिका यसअघि तीनपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । यो जिसँगै न्यूजिल्यान्डले अब उपाधि भिडन्तमा विहीबार हुने भारत र अष्ट्रेलियाबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु