Sunday, 24 September 2017 12:19 pm, Nepal

निकट भविष्यमै संविधान बन्ने डा भट्टराईको विश्वास

मेचीकाली : 2015-03-24 14:16:37


जनकपुरधाम, १० चैत : 

एमाओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले निकट भविष्यमै नयाँ संविधान निर्माणको महत्वपूर्ण कार्यभार पूरा हुने विश्वास व्यतm गर्नुभएको छ ।पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुमा आफ्नोमात्र गल्ती नभएर समस्यामाथि समस्या थप्दै जाने प्रकृत्ति मुख्य कारण रहेको उहाँले बताउनुभयो ।

मिथिला ऋतु सप्ताहिकका सम्पादक उमेश साहद्वारा लिखित ‘नियति’ व्यङ्ग्य सङ्ग्रहको लोकार्पण गर्दै डा भट्टराईले तराईमा दुई र पहाडमा सातदेखि आठ वटा राज्य बन्ने बताउँदै सबै जातजाति र भाषाभाषीलाई स्वायत्त राज्य दिएर सङ्घीय राज्य निर्माण गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “समयमा संविधान नआउनुको एउटै कारण हो मुठीभरि सत्ताधारी जातका व्यतिmहरु, जसले सधैँ सत्तामा आफूलाई देख्न चाहन्छन् ।”समारोहमा माओवादीका पोलिटब्युरो सदस्य रामचन्द्र झा, प्राज्ञ रमेज रञ्जन झा, डा सुरेन्द्र लाभलगायतका वक्ताले पुस्तकमाथि प्रकाश पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु