Friday, 22 September 2017 05:39 pm, Nepal

नौ वर्षदेखि आठ वटा छोटी भन्सार कार्यालय बन्द

मेचीकाली : 2015-03-24 14:15:55


दमक, १० चैत :

भारतसँगको सीमा जोडिएका मेची भन्सार अन्तर्गतका आठ स्थानमा छोटी भन्सार कार्यालय नौ वर्षदेखि बन्द छन् ।सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका छोटी भन्सार कार्यालय हालसम्म बन्द अवस्थामा नै छन् । यस्ता छोटी भन्सार कार्यालय बन्द भएपछि सो क्षेत्रबाट अवैध रुपमा तस्करी हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

यसअघि मेचीका चारवटा छोटी भन्सार कार्यालय शान्ति प्रक्रियासँगै पुनः स्थापना भएका थिए । आयात निर्यात हुने सामानको निगरानी राख्ने र आवश्यकता अनुसार भन्सार महसुल असुलेर सरकारको राजस्व लक्ष्यमा सहयोग पु¥याउने जिम्मेवारी भएका ८ वटा छोटी भन्सार कार्यालयमा कर्मचारी बस्दैनन् ।भन्सार कार्यालयको नाममा रहेका कतिपय भौतिक पूर्वाधारको समेत संरक्षण हुनसकेको छैन । प्रायः पूर्वाधार जीर्ण भइसकेका छन् ।

मेची भन्सार कार्यालयका प्रमुख मुक्ति पाण्डेका अनुसार १२ वटा छोटी भन्सारमध्ये खजुरगाछी, भद्रपुर, नकलबन्दा र बाहुनडाँगी छोटी भन्सार मात्रै अहिले चालु छन् ।

सीमाका भारतीय बजार दिघल बैंकसँग जोडिएको कुमरखोद (झापा बजार), माहाभारा, केचना, सती घट्टालगायतका छोटी भन्सार कार्यालय बन्द हुँदा लाखौंँ मूल्यका सामान भन्सार छली ओसारपसार हुने क्रमले प्रोत्साहन पाएको स्थानीयवासीको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु