Tuesday, 26 September 2017 12:34 am, Nepal

एमाले स्थायी समितिको बैठक आज पनि बस्दै

मेचीकाली : 2015-03-24 08:38:39


काठमाडौं, १० चैत :

नेकपा एमालेमा नेताहरुको कार्यविभाजनमा कुरा नमिल्दा स्थायी समितिको बैठक लम्बिदै गएको छ नवौं महाधिवेशनपछि निर्वाचित नेतृत्वको कार्यविभाजन प्रस्ताव छलफलका लागि लगे लगत्तै विवाद भएको हो । केन्द्रीय सचिवालयमा तयार गरेको प्रस्तावमा आज फेरि छलफल हुँदैछ ।  

आजको बैठकमा एमाले महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको कार्यविभाजनलाई संसोधनसहित पारित गर्ने तयारी छ । समग्र पार्टी कामको नेतृत्व र स्कूल विभागको जिम्मा अध्यष केपी शर्मा ओलीलाई, नीति तथा अध्यन अनुसन्धान बरिष्ठ नेता झलनाथ खनाल, विदेश विभाग माधवकुमार नेपाल, संगठनात्मक कामको नेतृत्व महासचिव ईश्वर पोखरेलले लिनेगरि कार्यविभाजनको तयारी छ । बैठक आज पनि एमाले अध्यक्ष ओली निवास बालकोटमा बोलाइएको छ ।

 एमाले प्रवक्ता प्रदीप त्रवालीले आज कार्यविभाजनको टुङ्गो लगाउनेगरि छलफल हुने बताउनुभयो । उहाँले बैठक दिउँसो २ बजेपछि बोलाइएको जानकारी दिनुभयो । बैठकमा युवासंघको विवाद पनि एजेण्डा बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु