Sunday, 24 September 2017 02:34 pm, Nepal

विश्व क्षयरोग दिवस मनाईदै

मेचीकाली : 2015-03-24 08:38:01


काठमाडौं, १० चैत :

आज  विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रमगरी मनाइदै छ । मार्च २४ तारिकका दिन हरेक वर्ष नेपालमा विभिन्न कार्यक्रम गरि दिवस मनाउने गरिन्छ । ‘सबै छुटेका क्षय रोगीलाई उपचारमा ल्याई निको पारौ’ भन्ने सन्देसहित आज क्षय रोग दिवस मनाउन लागिएको छ ।

देशभर रहेका सबै क्षयरोगी सम्पर्कमा नआएको निष्कर्षसहित सरकारले सम्पर्कमा नरहेका रोगीहमरुको खोजी मुख्य योजना भएको जनाएको छ ।देशभर ४५ हजारभन्दा बढी क्षय रोगी रहेकोमा ३५ हजार बिरामी मात्र भेटिएको राष्ट्रिय क्षय रोग केन्द्रले जनाएको छ ।

 राजधानी काठामाण्डुलगायत विभिन्न जिल्लामा जनचेतना मुलक कार्यक्रम गरी दिवस मनाउन लागिएको राष्ट्रिय क्षयरोग केन्दले जनाएको छ ।  क्षयरोग रोकथामका लागि सरकारले ठुलो धनराशी खर्च गरे पनि रोगीको संख्यामा कुनै कमी नआएको विषेशज्ञ डा दिर्घसिंह बमले जानकारी दिनुभयो । नियमित रुपमा औषधि सेवन गरे सजिलै निको हुने क्षेय रोगको प्रभाव कम गर्न सरकारले नि ःशुल्क औषधिको व्यवस्था गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु