Tuesday, 26 September 2017 04:56 pm, Nepal

सिङ्गापुरमा सात दिन राष्ट्रिय शोक

एजेन्सी : 2015-03-23 16:19:12


सिङ्गापुर, ९ चैत :

सिङ्गापुरका संस्थापक नेता एवम पूर्व प्रधानमन्त्री लि क्वान युको निधनप्रति शोक व्यक्त गर्न सिङ्गापुरको सरकारले सोमबारदेखि सात दिन शोकको घोषणा गरेको छ ।उहाँका सुपुत्र एवम् सिङ्गापुरका प्रधानमन्त्री लि एचसिन लुङले एक विज्ञप्ति प्रकाशन गरी सिङ्गापुरमा सोमबारबाट लागू हुनेगरी सात दिने शोकको घोषणा गरिएको जानकारी दिनुभएको हो ।

सिङ्गापुरका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका लिलाई सिङ्गापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्ने गर्छन् । ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखि नै कडा निमोनियाले ग्रस्त हुनुहुन्थ्यो ।उहाँको सोमबार बिहानै सिङ्गापुरको एक अस्पतामा निधन भएको हो । उहाँको अन्त्येष्टि यही मार्च २९ मा गरिने भएको छ ।

उहाँको अन्त्येष्टि नगर्दासम्म सिङ्गापुरमा शोकको घोषणा गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री लुङले सिङ्गापुर विश्वमा एक्लै रहेका बेला र विश्वमा विकासको गतिमा यसको मापन नभएको समयमा देशको नेतृत्व गरेर वर्तमान सिङ्गापुर निर्माण गर्नुभएको बताउनुभएको छ ।

टेलिभिजनबाट दिनुभएको भावुक वक्तव्यमा उहाँले भन्नुभएको थियो वर्तमान सिङ्गापुरको निर्माणमा उहाँको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने भन्दै उहाँजस्तो विकासप्रेमी र देशभक्त नागरिक सिङ्गापुरमा पाउन गाह्रो रहेको पनि बताउनुभएको थियो ।उहाँको शरीरलाई उहाँको गृह नगर इस्तानामा दुई दिनसम्म राखिने छ । उहाँको अन्त्येष्टि हुनुभन्दा अगाडि उहाँको निवासमा राखिने सरकारले जनाएको छ ।

त्यसपछि भने उहाँको शवलाई संसद् भवनमा राखिने भएको छ । उहाँको अन्त्येष्टिमा विश्वका नेताहरुको सहभागिता हुने जनाइएको छ ।पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिनुभएको थियो । यस अवधिमा उहाँले प्राकृतिकस्रोतमा सम्पन्न भएपनि एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नुभएको थियो ।नेता लि वर्तमान एवम् आधुनिक सिङ्गापुरका संस्थापक र प्रारुप तयार पार्ने व्यक्ति हुनुहुन्छ । हालको संसारमा चिनिएको सिङ्गापुर निर्माणमा उहाँको विशिष्ठ योगदान रहेको भनी सिङ्गापुरका नागरिक मान्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु