Tuesday, 26 September 2017 11:58 pm, Nepal

विद्यालय व्यवस्थापन समितिको चुनावमा राजनीतिकरण भएपछि....

मेचीकाली : 2015-03-23 11:30:41


झडपमा दुई जनाले ज्यान गुमाए
धनुषा, ९ चैत :

  धनुषाको सबैला नगरपालिका–१ मा विद्यालय व्यबस्थापन समितिको अध्यक्ष चयनका विषयमा दुई पक्षवीचको विवादपछि भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।स्थानीय मदन आश्रित निमाविको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि पूर्व गाविस अध्यक्ष रामवली साहको घरमा हिजो बेलुका बैठक बसिरहेका बेला विवाद भएपछि ३०/४० जनाको समूहले आक्रमण गर्दा ५० वर्षीय रामसेवक राउतको मृत्यु भएको हो ।
त्यस्तै सोही समूहको गोली लागि स्थानीय रामप्रकाश यादव आज विहान मृत अवस्थामा फेला परेका छन् । सोही आक्रमणमा परी  राम सागर साह गम्भिर घाइते भएका छन् । अन्य १४ जनाको जनकपुर अञ्चल अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

साहको घरमा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य योगनारायण यादव र एकिकृत माओवादी/कग्रेस निकटका व्यक्तिहरुबीच बैठक बसीरहेका बेला विवाद भएको हो । घटनास्थलमा पुगेका डिएसपी कृष्ण प्रसाईका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा अध्यक्ष चयनमा आन्तरिक विवादका कारण घटना भएको हो । घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु