Tuesday, 26 September 2017 11:58 pm, Nepal

विषादी जडीबुटी खाँदा दम्पतीको मृत्यु

मेचीकाली : 2015-03-23 10:48:50


पोखरा, ९ चैत :

विषादी जडीबुटी निरमसी झार पुवामा पकाई खाँदा पोखरा उपमहानगरपालिका–२७ हेम्जाका एक दम्पतीको आइतबार राति मृत्यु भएको छ । सो वडाका ६२ वर्षीय बलबहादुर केसी र ५७ वर्षीया श्रीमती लक्ष्मी केसीले निरमसी जडीबुटी खाएपछि सख्त बिरामी परेका र नयाँबजारस्थित चरक मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

केही दिनपहिले शरीर दुखेको भनेपछि बलबहादुरलाई आफना एक छिमेकी महिलाले उक्त जडीबुटी ल्याइदिएकी र सो जडीबुटी खाने बित्तिकै दुवैजना बिरामी परेको बताइएको छ । मृतक दम्पतीका तीनवटै छोराछोरी अमेरिकामा बस्दै आएका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु