Tuesday, 26 September 2017 12:38 am, Nepal

एकसय रोपनी जग्गामा व्यावसायिक पुष्पखेती सुरु

मेचीकाली : 2015-03-22 17:31:37


भक्तपुर, ८ चैत :

भक्तपुरको उत्तरी क्षेत्रमा पर्ने महामञ्जुश्री—नगरकोट नगरपालिकाका क्षेत्रका बासिन्दाले यस वर्षदेखि व्यावसायिक पुष्प खेती सुरु गरेका छन् । फूलखेतीबाट राम्रो आम्दामी हुने भएपछि महामञ्जुश्री—नगरकोट नगरपालिकाअन्तर्गत बागेश्वरी, नगरकोट र छालिङका बासिन्दाले व्यावसायिक पुष्पखेती सञ्चालन गरेका हुन् ।

    यहाँका किसानले पुष्पखेतीको बेर्ना उमार्ने काम गरिसकेका छन् ।  असारदेखि मखमली फूल टिप्ने भएकाले उनिहरू फूलखेतीको स्याहारसुसारमै लागेका छन् ।    नगरकोट नगरपालिका क्षेत्रमा मात्र यस वर्ष करिब सय रोपनी क्षेत्रफलमा पुष्पखेती गरेपछि यसको विस्तार गर्न नगरकोटस्थित युवा साकोसले पुष्पखेती तालिमदेखि अवलोकनसमेत गराएको छ ।

    संस्थाका सचिव सोम शर्मा बजगाईंले यस वर्षदेखि व्यावसायिक पुष्पखेतीको सुरुवात भएपछि संस्थाले भक्तपुरको ताथलीदेखि गोदावरीसम्म  पुष्पखेतीको अवलोकनसमेत गराएको बताउनुभयो ।     व्यावसायिक पुष्पखेती सुरु गरेका बास्तोला गाउँका सुजेन्द्र मुनकर्मीले यस वर्षदेखि गाउँका अधिकांश किसानले पुष्पखेती सञ्चालन गरेको बताउनुभयो । नगरकोट फेदीका लक्ष्मी बाँस्तोलाले पुष्पखेतीबाट मनग्ये आम्दामी हुने भएपछि यहाँका किसान यसतर्फ आकर्षित भएको बताउनुभयो । पुष्पखेतीको तालिम लिएपछि यसतर्फ उत्साहित भएको बताउँदै उहाँले आफूले पनि फूलको ब्याड राखेर बिरुवा उत्पादन गरेको बताउनुभयो ।

    भक्तपुरको ताथली र गुण्डु गाविसमा वर्षौंअघि देखि व्यावसायिक पुष्पखेती सञ्चालन हुँदै आएकामा यस वर्षदेखि सिपाडोलमा समेत विस्तार भएको छ ।    साकोसका अध्यक्ष प्रल्हाद बास्तोलाले नगरकोट, बागेश्वरी र छालिङका महिला यसतर्फ आकर्षित भएकाले संस्थाले ४० महिलालाई तालिम दिएर पुष्पखेतीको अवलोकन गराएको बताउनुभयो ।     जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत सुरेश घिमिरेले व्यावसायिक पुष्पखेती सुरु भएपछि महिलालाई तालिम दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु