Sunday, 24 September 2017 02:35 pm, Nepal

बिहार चीटकाण्ड : झण्डै तीन सय मानिस पक्राउ

मेचीकाली : 2015-03-22 08:45:14


सत्तरी लाख मानिस चिट चोराउन संलग्न भएको अनुमान
पटना, ८ चैत :

भारतको बिहारमा चिट चोराएको अभियोगमा झण्डै तीन सय जना पक्राउ परेका छन् । विद्यालय तहको अन्तिम परीक्षामा व्यापक चिट चोराएको भिडियो र तस्वीर अनलाइनमा सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । बिहारका शिक्षा अधिकारीहरुका अनुसार सात सय ५० जना भन्दा बढीलाई परीक्षा दिनबाट वञ्चित गरिएको छ र केही केन्द्रहरुमा परीक्षा रद्द गरिएको छ ।

परीक्षार्थीका अभिभावक तथा साथीहरु विद्यालयको भवनका झ्याल र पर्खालमा झुन्डिएर चिट चोराइरहेका र केही परीक्षार्थीले धमाधाम उत्तर सारिरहेका तस्वीरहरु दुई दिनअघि सार्वजनिक भएका थिए । पक्राउ परेका मध्ये अधिकांश परीक्षार्थीहरुका अभिभावक छन् । बिहारमा मात्र झन्डै १४ लाख विद्यार्थीहरु हाल जारी १० कक्षाको बोर्ड परीक्षामा सहभागी भैरहेका छन् ।

एक जना परीक्षार्थीलाई सघाउन तीन देखि ४ जना आइरहेकाले चिट चोराउने काममा झन्डै ६० देखि ७० लाख संलग्न भएको देखिएको बिहारका शिक्षामन्त्री पिके शाहीले बताए । बिहारका मुख्य मन्त्री नितिश कुमारले चिट चोराउने घटनाको निन्दा गर्दै सार्वजनिक भएका तस्वीरले समग्र बिहारको चित्रण नगरेको प्रष्टिकरण दिएका छन् । विद्यार्थीका अभिभावकलाई चेतावनी दिँदै उनले चिट चोराउने प्रवृतिले दीर्घकालमा फाइदा नगर्ने पनि बताएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु