Tuesday, 26 September 2017 04:53 pm, Nepal

वेष्ट इण्डिजलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश

मेचीकाली : 2015-03-21 14:03:06


गुप्टिलले बनाए किर्तिमानी दोहोरो शतक

वेष्ट इण्डिजलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको चौंथो तथा अन्तिम क्वाटरफाइनलमा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई १ सय ४३ रनले पराजित गरेको हो । आज न्युजिल्याण्डले दिएको ३ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको वेष्ट इण्डिज ३० दशमलव ३ ओभरमा २ सय ५० रन बनाउँदा अलआउट भयो ।

उसका लागि क्रिस गेलले सर्बाधीक ६१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गुप्टिलले दोहोरो शतक बनाएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ९३ रन बनाएको थियो । आक्रामक ब्याटिङ गरेका गुप्टिलले एक दिवसीय क्रिकेटकै दोस्रो बढी स्कोर बनाउने क्रममा नटआउट रहँदै २ सय ३७ रन बनाए । उनले २४ चौका र ११ छक्का प्रहार गरेका थिए । यो विश्वकप क्रिकेटको इतिहासमा कुनै पनि खेलाडीले बनाएको दोस्रो दोहोरो शतक हो भने सर्वाधिक रनसमेत हो । यसअघि वेष्ट इण्डिजका क्रिस गेलले जिम्बाबेविरुद्ध २ सय १८ रन बनाएका थिए । एक दिवसीय क्रिकेटमा भने भारतका रोहित शर्माले २ सय ६४ रन बनाएका छन् । आजको नतिजासँगै विश्वकपको सेमिफाइनल समीकरण पनि पुरा भएको छ । अब फाइनल प्रवेशका लागि न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र अर्को आयोजक अष्ट्रेलिया भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु