Wednesday, 20 September 2017 06:41 pm, Nepal

प्रेम सम्वन्धका कारण किशोरीमाथि एसिड आक्रमण गरेको पुष्टि

मेचीकाली : 2015-03-20 13:29:40


पत्रकार सम्मेलनमै बेहोस् भए अभियुक्त विक
काठमाडौं, ६ चैत : 

राजधानीको वसन्तपुरमा झण्डै एक महिनाअघि दुई छात्रालाई एसिड प्रहार गरी फरार एक युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । एसिड प्रहारको घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपेको प्रहरीले जीवन विकलाई अन्तत: पक्राउ गरेको हो ।

 प्रहरीले  उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरि ल्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालयले विहान पत्रकार सम्मेलन गरी २० वर्षिय विकलाई सार्वजनिक गरेको हो । रामेछाप स्थायी घर भएका विकले संगिता मगरसग आफ्नो प्रेम  रहेपनि परिवारले मिल्न नदिएपछि एसिड प्रहार गरेका बताएका छन् । यसैबीच पत्रकार सम्मेलनमा विक बेहोस भएका छन् ।

महानगरीय प्रहरी आयुक्तका प्रवक्ता नारायणसिंह खड्काका अनुसार पक्राउ परेका विक/ पिडित मध्येकी मगर बस्ने घरमा डेरा गरी बस्दै आएका थिए । मगरसगको सम्बन्धलाई लिएर बिकले एसिड फ्याक्दा सिमा बस्नेत पनि घाईते भएकी थिईन् । ट्यूसन पढ्न गएका बेला गत फागुन १० गते बिकले १६ वर्षिया मगर र बस्नेतमाथि एसिड फ्याकेका थिए । दुवै जना अहिले अस्पतालको सैयाबाट एसएलसीको परीक्षा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु