Wednesday, 20 September 2017 06:42 pm, Nepal

बंगलादेशलाई १ सय ९ रनले पराजित गर्दै भारत विश्वकपको सेमिफाइनलमा

मेचीकाली : 2015-03-19 17:11:26


 बंगलादेशलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटरफाइनलमा भारतले बंगलादेशलाई १ सय ९ रनले पराजित गरेको हो । आज भारतले दिएको ३ सय ३ रनको चुनौती पछ्याएको बंगलादेश ४५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमै समेटियो ।

बंगलादेशलाई सस्तैमा समेट्न भारतका उमेश यादव एक्लैले चार विकेट लिए भने रविन्द्र जडेजा र मोहम्मद सामीले समान २ विकेट लिए । योसँगै भारतले जारी विश्वकपमा सात खेलमा सत्तरी विकेट लिने रेकर्डसमेत बनाएको छ । बंगलादेशका नासिर हुसेनले सर्वाधिक ३५ रन बनाए । यसअघि अष्ट्रेलियाको मेलवर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकको मद्दतमा ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो । उसका लागि आक्रामक ब्याटिङ गरेका शर्माले १ सय २६ बलमा १ सय ३७ रन बनाए । यस्तै सुरेश रैनाले ६५ रन बनाए भने शिखर धवनले ३० तथा रविन्द्र जडेजाले २३ रन बनाए । १ सय १५ रन बनाउँदा ३ विकेट गुमाएको भारतीय पारी रैना र शर्माले उकासेका थिए ।

बंगलादेशका तस्किन अहमदले ३ विकेट लिए । भारतले अब फाइनल प्रवेशका लागि पाकिस्तान र अष्ट्रेलियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान र अष्ट्रेलियाबीच भोली प्रतिस्पर्धा हुँदैछ । यसअघि हिजो श्रीलंकालाई पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरिसकेको छ भने अन्तिम क्वाटरफाइनलमा पर्सि वेष्ट इण्डिजले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु