Sunday, 24 September 2017 12:30 pm, Nepal

काभ्रेमा एसएलसीको तयारी सकियो, विगतको भन्दा मर्यादित बनाइने

मेचीकाली : 2015-03-16 08:26:15


काभ्रे, २ चैत :

आगामी बिहिबारबाट सुरु हुने एसएलसी परिक्षाको तयारी काभ्रेमा पनि सकिएको छ । यस बर्ष विगतको परिक्षाको तुलनामा मर्यादित बनाईने भएको छ । यस वर्षको एसएलसी परिक्षालाई मर्यादित बनाउनका लागि काभ्रेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला परिक्षा समितिका अध्यक्ष केदार न्यौपानेले परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई निर्देशन दिएका छन् ।

परिक्षालाई मर्यादित बनाउनका लागि आफु, जिल्ला प्रहरी प्रमुख एसपी पुजा सिंह, जिल्ला शिक्षा अधिकारी डाक्टर दिपेन्द्र गुरुङ्गका साथै विभिन्न सरकारी कार्यालयका अधिकृतहरुले परिक्षाको अनुगमन गर्ने बताए । धुलिखेलमा आयोजना गरिएको केन्द्राध्यक्षहरुलको भेलामा न्यौपानेले यस्तो बताएका हुन् । उनले यसवर्ष देखि माध्यमिक तहका स्थायी शिक्षकलाई मात्रै केन्द्राध्यक्ष बनाइएको बताए । केन्द्राध्यक्षलाई निर्देशन दिँदै न्यौपानले परिक्षामा राम्रो काम गर्ने केन्द्राध्यक्षलाई पुरस्कृत र नराम्रो काम गर्ने केन्द्राध्यक्षलाई कारवाहि गरिने चेतावनी दिए ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहालले जिल्लाको विभिन्न केन्द्रहरुमा प्रश्न पत्र पठाउने काम भईरहेको बताए । उनले कोशिपारीका पाँच वटा परिक्षा केन्द्रमा प्रश्न पत्र पठाईसकिएको बताए । उनले परिक्षाकेन्द्रलाई चिटमुक्त परिक्षाकेन्द्र बनाउनका लागि हरेक परिक्षाकेन्द्रको बाहिर विद्यार्थीको शरिर जाँच गर्न निर्देशन दिएका छन् । यस पटकको परिक्षामा अस्थायी शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिएपछि जिल्लाका २३ वटा विद्यालयका प्रधानाध्यापकले परिक्षामा असहयोग गर्ने चेतावनी समेत दिएका छन् । यस वर्ष जिल्लाबाट नियमित र एक्जाम्टेडतर्फ गरि ९ हजार ६ सय ५६ परिक्षार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय काभ्रेले जनाएको छ । यस वर्ष ४० वटा परिक्षा केन्द्र, ४० जना केन्द्राध्यक्ष, ४१ जना सहायक केन्द्राध्यक्ष, ३ सय ९५ जना परिक्षा निरिक्षक, एक सय ३३ जना सहयोगी र करिब ५ सय सुरक्षाकर्मी खटाईनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु