Wednesday, 20 September 2017 06:44 pm, Nepal

मतदानको अधिकार माग्दै प्रवासी नेपाली

मेचीकाली : 2015-03-01 08:12:54


-प्रकाश सापकोटा

कोपन्हेगन। डेनमार्कमा क्रियाशिल नेपाली संघसस्थाहरुद्धारा नेपाली राजदुतावास मार्फत नेपाल सरकार र निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाइएका छन् । निर्वाचन लगायतको प्रयोजनको निम्ति अद्यावधिक गरिएको फोटो सहितको मतदाता नामावलीमा छुट्न पुगेका प्रवासी नेपालीहरुलाई समावेश गर्ने व्यवस्था गर्नुपर्ने माग राख्दै प्रवासी नेपाली मञ्च , नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशिल मञ्च, गैरआवासीय नेपाली संघ डेनमार्कले २७ फेब्रुअरीका दिन ज्ञापनपत्र बुझाएका हुन्।

ति संघसंस्थाको प्रतिनिधित्व गर्दै प्रवासी नेपाली मन्चका अध्यक्ष कृष्ण पौडेलले डेनमार्कका लागि नेपाली राजदुत मुक्तिनाथ भट्ट समक्ष ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो । सुचना र प्रविधिको युगमा सम्वन्धित व्यक्तिले इन्टेरनेट मार्फत वा नजिकको नेपाली राजदुतावास वा कुटनैतिक नियोगमार्फत आवेदन गर्न सक्ने, अझै बिशाल संख्यामा नेपालीहरु रहने खाडीक्षेत्र तथा मलेसिया जस्ता ठाँउहरुमा बिशेष टोली खटाउँदा हुने साथै स्वदेश आवतजावत गर्ने बेलामा नजिकको जुनसुकै निर्वाचन कार्यालयमा उपस्थित भएर नामदर्ता गर्न सकिने उपायहरु ज्ञापनपत्रमा सुझाइएको छ।

"प्रवासमा रहेर पनि नेपालको सामाजिक आर्थिक जीवनमा अभिन्न हैसियत राख्ने नेपाली नागरिकहरुलाई समेत लक्षित गरि उनीहरुको बृहत्तर योगदानलाई न्यायोचित रुपमा कदर गर्दै तत्काल कम्तिमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउने बन्दोवस्त हुनु अत्यावश्यक देखिन्छ।" ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझ्दै राजदुत भट्टले माग जायज र सान्दर्भिक भएकोले सकारात्मक राय सहित सम्बन्धित निकायमा पठाइदिने आश्वासन दिएका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु