Friday, 22 September 2017 05:36 pm, Nepal

‘डेनमार्क डबली’को दोस्रो श्रृंखला सम्पन्न

मेचीकाली : 2015-02-22 17:44:14


-प्रकाश सापकोटा
कोपजहेगन–

डेनमार्कको कोपनहेगनमा डेनमार्क डबलीको दोस्रो श्रृंखला सम्पन्न भएको छ । २१ फेब्रुअरी शनिबार भएको कार्यक्रमको पहिलो सत्रमा साहित्यिक रचना बाचन र श्रवण भएको थियो । जसमा एक दर्जन बढी सर्जकहरुले आ-आफ्ना रचना (कविता, गजल, मुक्तक आदि) बाचन गरेका थिए। धेरैजसो रचनामा देशप्रेम र देशको राजनीतिक अस्थिरताप्रति कटाक्ष गरिएका थिए। यस्तै कार्यक्रमको दोस्रो सत्र भने नाचगानको रहेको थियो ।
दोस्रो सत्रमा स्थानीय नेपाली कलाकारहरुले नेपाली गीत गाएर दर्शकहरुलाई मनोरंजन प्रदान साथै नृत्य प्रस्तुत गरेका थिए।  कार्यक्रममा गत भानुजयन्ती समारोहमा सक्रिय योगदान गर्नुहुने समारोह समितिका डेनमार्कस्थित सदस्यहरुलाई गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष दीपक सापकोटाले प्रशंसापत्र वितरण गरेका थिए । सो अवसरमा कोपन्हेगनस्थित नेपाली भान्छा नामक खाजाघरका प्रोप्राइटर प्रकाश बिष्टको सक्रियतामा नेपाली खाजा र खानाको मिश्रित नयाँ स्वरुप ‘भाजा’ को प्रबन्ध गरिएको थियो ।

 डबलीले निकट भबिष्य कार्यक्रममा एन.आर.एन डेनमार्क र नेपाली दुताबाससंग सहकार्य गरी एक नयाँ कार्यक्रम लिएर आउने कुरा डबलीका अभियन्ता प्रभात किरणले बताए । कोपनहेगन आसपासमा बसोबास गर्ने नेपालीहरु मध्ये एक सय भन्दा बढी संख्यामा उपस्थिति रहेको सो कार्यक्रमलाई डेनमार्कको पहिलो नेपाली अनलाइन रेडियो ‘मण्डला रेडियो’ ले प्रत्यक्ष्य प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु