Tuesday, 26 September 2017 04:56 pm, Nepal

कतारमा २० औं जनयुद्ध दिवस मनाइयो

मेचीकाली : 2015-02-18 08:28:12


-महेश्वर नेपाल
दोहा-

‘तपाईहरु सिगो नेपाल का“धमा बोकेर  कतारमा पसिना बगाइरहनु भएको छ । फुर्सदकोमा कल्पना गर्नुहुन्छ  घरको छाना माथी आईपुगेको चन्द्रमा कस्तो होला ? ।’ नेपालबाट आएका कार्यक्रमका प्रमुख अथती लेखक एंव राजनितीक बिष्लेशक युग पाठकले परिर्वतनको प्रयोगमा नेपाल नामक कार्यपत्रमा कतारमा रहेका नेपालीहरुको भावनालाई समेटेर भनेका छन –‘ कतै देश फुत्कनै  नसक्ने अक्करमा फसेको त होइन ? ’ कतारमा चारलाख भन्दा बढि नेपाली रहेको र आधा कतार नेपालीले नै बनाएको सुनेर आश्र्चयमा परेको बताएका छन ।

 ‘नेपालीहरुको परिश्रमले दोहा सहर बन्न सक्छ मरुभुमीमा हरियो बगैंचा उमार्ने क्ष्ाँमता छ तर त्यहि सपना त्यस्तै उत्साह र शक्ति र त्यस्तै मस्तिष्कको चमकले नेपाल बनाउन चाहि“ किन नसकेको होला ?’

एकिकृत नेपाल कमन्युष्ट पार्टी माओबादी र नेपाल कमन्युष्ट पार्टी माओबादीका बिदेश स्थीत भतृ संगठन नेपाली जनप्रगतीशील मन्च कतार र नेपाली जनप्रगतीशील मोर्चा कतारले २० औं जनयुद्ध दिवस संयूक्तरुपमा आयोजना गरि मनाएको कार्यक्रममा  ‘परिर्वतनको प्रयोगमा नेपाल’ नामक कार्यपत्र उनले यस्तो धारणा राखेका हुन  ।

जनप्रगतीशील मन्च कतारका अध्यक्ष होमनाथ शर्माको सभापतित्वमा भएको कार्यक्रममा ‘महान जनयुद्ध तथा सबै खाले परिर्वतनकारी आन्दोलनका  उपलब्धी रक्षा र बिकास‘ को बिषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो  ।

पाठकले प्रश्तुत गरेको कार्य पत्रलाई कतारमा रहेका सामाजीक अगुवाहरु दिपक भेटवाल, कमलमणी गुरागाईं, सागर नेपाल, बिरेन्द्र कुमार याक्थुम्बा, नन्द प्रसाद ढुगांना तथा राजनितीक दलका प्रवास संगठनका प्रमुखहरुटिप्पणी गरेका थिए ।

‘जातीय र क्षत्रीय आधारमा राज्य बिभाजन  गर्न के कति उचित छ ?’ नेपाली मुस्लीम समाजका अध्यक्ष मोहम्द हजिफ मिया“ले भने ‘जातीय रुपमा देश टुक्र्याउन लागेको हो भने मुस्लीमहरुलाई कुन राज्यमा राखीने हो त्यो कौतुहलको बिषय रहेको छ ।’ नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले माओवादीले मात्रै आमाको नाउ“बाट नागरिकता पाउनु पर्छ भन्ने माग उठाएको र त्यो माग पुरा भएको बताइन । गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय समीती कतारका अध्यक्ष्ँ मक्सुद आलमले बिदेशमा रहेका नेपालीहरुले देशमा शान्ती र संबिधान बनोस र बिदेशमा कमाई भएको पैसालाई नेपालमा सहि सदुपयोग गर्न राज्यले निती बनाउनु पर्ने धारणा राखे ।

देश बिकासकोलागि सबै बिदेशमा रहेका नेपालीहरु जुटेर लाग्नु पर्छ  भन्दै टिप्पणीकार नन्द प्रसाद ढुगांनाले भने देशको भौगोलीकता र बेरोजगारीका कारण नेपालीहरु बिदेशिनु परेको उल्लेख गरे । त्यसैगरि अर्का टिप्पणीकार कमलमणी गुरागाईले पहिलो संबिधान सभा पश्चात एउटा पार्टी बिभाजीत भएर तिनबटा पार्टी निर्माण भएको उल्लेख गर्दै कुनै न कुनै पार्टीका बिचारहरुले अझैपनि जनयुद्ध समाप्त भई नसकेको भन्ने आशयको प्रतिबिम्बीत गर्न राखीएको हो भने अव नेपाली जनताहरुले चाहि जनयुद्धको थालनी गर्दा जातीय धार्मीक लगायत के के कोबारेमा जनजातीहरुको बारेमा कल्पना नगरेको र जनयुद्धको अन्त्यतिर आएर मात्रै जातीय मुक्तीतरि बदलीएको बताए । अर्का टिप्पणीकार सागर नेपालले सभा र सम्मेलनमा मात्रै सहिदहरुलाई सम्झने गरिएको र अन्य दिनहरुमा सहिदहरुलाई भुल्ने गरिएको बताउदै नेपालले भने सहिदहरुको सपना र लक्ष्य के थियो त्यसलाई आत्मसमाथ गर्नु पर्ने बताउदै युग पाठकले देखेको दोहा सहर बनाउन नेपालीहरुलाई १५ बर्षलागेको बताउदै कतारको बिभीन्न चोकमा बसेर हामीहरु बिकास कतारको गर्दै छौं चिन्तन नेपालको गरिरहेका छौं ।

त्यसैगरि अर्का टिप्पणीकार दीपक भेटवालले भने बिगत २सय५० बर्ष सम्म नेपाली समाज जमेर बसेको र त्यसको लामो समय पछि जनयुद्धको थालनी भएको उल्लेख गर्दै जनयुद्धले नेपाली समाजलाई बिउझाएको र हामीहरु त्यहि समाजमा आइपुगेको बताए । देशमा बिभीन्नकाल खण्डहरुमा शक्तीहरुले धक्का दिदै अगाडि बढनुपर्ने बताए । प्रवासी नेपाली मन्चका उपाध्यक्ष्ँ गणेश शिवाले बर्तमान राजनीतीक अवस्थाको बारेमा कार्यपत्रमा कहि कतै उल्लेख नभएको बताउदै जनयुद्धको रक्ष्ाँ र बिकास कसरी हुन्छ भन्ने कुराहरु कहि कतै उल्लेख नभएको बताउदै समाज परिर्वतन गर्न बन्दुक र आन्दोलन गर्नु पर्छ भन्ने हैन कुचो बोकेर पनि परिर्वतन गर्न सकिन्छ भन्ने कुरा बुझन जरुरी रहेको बताए ।

१०वर्षे जनयुद्धलाई  जनयुद्ध नभएर फैजीकारवाहि मात्र भएको नेपाली जन सम्र्पक समीतीका सभापति बिमल सुवेदीले बताए । जनसम्पर्क समितीले जनयुद्धलाई जनयुद्ध मान्दैन जनयुद्ध भनेको समाज र बर्गमा गएर जनतालाई  सुसुचीत गर्दै युद्ध प्रति उत्प्रेरीत गरेर अगाडी बढेको भए त्यसलाई जनयुद्ध मान्न सकीन्थ्यो ।  नेपाली जनप्रगतीशील मोर्चाका संरक्षक किसोर कुमार सुबेदीले ०६२÷०६३ सम्म चुपलागेर बस्नेहरु अहिले कुर्लन लागेको बताउदै संघीयता र संबिधान सभाको मुद्धा माओबादीले उठाएको बताए । जनयुद्धलाई फैजी कारवाहिको संज्ञा नदिन आग्रह गर्दै यो जनयुद्ध नै भएको रर बिचार सहितको युद्ध भएको बताए । नेपालमा मात्र हैन बिश्व कम्न्युष्टमा जनयुद्ध महान भएको बताउदै आदीलडाई नेपाली जनताको लागी लडेको र आधा लडाई का“ग्रेस एमालेका लागी लडेको र पहिचान सहित को संघियता आएन भने फेरी जनयुद्ध हुने बताउदै आफुहरुसंग अहिले हतियार किन्न पैसा समेत भएको बताए ।

त्यसैगरि जनप्रगतीशील मन्चका संरक्षक सनी ओलीले युद्ध सकारात्मक ढंगले नहुने उल्लेख गर्दै जनयुद्धलाई दमन गर्न खोजीएकोले र त्यसको परिणाम स्वरुप जनयुद्धले समाज रुपान्तरण भएको बताए । जनयुद्धका घाईते बेपत्ता परिवार प्रति सम्मान गर्न दुई माओवादीहरु प्रवासमा एक भएको सन्देश दिन मिलेर कार्यक्रम गरेको बताए ।

कार्यक्रममा सहिद परिवारका भरत बिकलाई सम्मान गरिएको थियो  । जनकलाकारहरुले सांगीतीक कोसेली प्रस्तुत गरेका थिए । प्रवासमा रहेका बिभीन्न राजनीत्ीक दल संवद्ध नेताहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु