Sunday, 24 September 2017 12:35 pm, Nepal

सिन्धुलीमा आदिवासी चलचित्र महोत्सव हुने

मेचीकाली : 2015-02-06 17:40:36


सिन्धुली–

सिन्धुलीमाढीमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र विस्तार महोत्सव हुने भएको छ । तामाङ भाषाको संस्था प्राङ्बोला छार न्हान सिन्धुलीको आयोजनामा महोत्सव हुन लागेको हो । यसवर्ष १५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर आगामी फागुन ७, ८ र ९ गते महोत्सव सञ्चालन गर्न लागेको प्राङ्बोला छार न्हानका अध्यक्ष काजीमान थिङले जानकारी दिनुभयो ।

महोत्सवमा नेपालसहित विश्वका आठ देशका विभिन्न आदिवासी जनजातिसँग सम्बन्धित १८ वटा चलचित्र तथा बृत्तचित्रहरू प्रदर्शन गरिने छ ।  नेपालका तामाङ, गुरूङ, भुजेल, नेवार, सुनुवार, मगर, थाकाली र माझी आदिवासी जनजातिसँग सम्बन्धित चलचित्र तथा बृत्तचित्रहरू प्रदर्शन गरिनुका साथै जलवायू परिवर्तन रेड प्लस र अन्य बृत्त चित्रहरू गरी १० वटा प्रदर्शन गरिने आयोजकले जनाएको छ । भारत, जापान, काङ्गो, मेक्सिको, इथोपिया, क्यानाडा र रूवान्डाका आदिवासी जनजातिसँग सम्बन्धित चलचित्र तथा बृत्तचित्रहरू महोत्सवमा प्रदर्शन गरिने आयोजक प्राङ्बोला छार

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु