Tuesday, 26 September 2017 11:09 am, Nepal

दूध–अमृत कि विष ?

मेचीकाली : 2014-11-19 17:34:11


–बाबुलाल भण्डारी

प्रसिद्ध जर्मन दार्शनिक सोपेनआवरले एक ठाउँमा भनेका छन् – कुनै पनि सत्यले समाजमा स्थापित हुन सामान्यतः ३ वटा चरणबाट गुज्रिनु पर्छ । पहिले यसको खिल्ली उडाईन्छ, दोस्रो चरणमा यसको घनघोर विरोध हुन्छ र अन्तमा यसलाई सबैले स्विकार्ने स्थिति बन्दछ । आज मैले उठाउने विषय पश्चिममा अब नौलो र आश्चर्यको कुरा नरहे पनि हामी कहाँ अद्यापि यो अत्यन्तै पोलराइजिङ्ग प्रकृतीको हुने र धेरैलाई त्यति सजिलै हजम नहुने यथार्थ प्रति म सचेत छु ।
त्यसैले निजी विचार र आग्रहबाट सर्वथा मुक्त रही पूर्णतः अनुसन्धानबाट स्थापित तथ्य ,यथार्थ र बिशेषज्ञ रायमा  टेकेर प्रस्तुत हुने बाचा गर्दै हाम्रो सार्वजनिक स्वास्थ्य सरोकारको अहिलेको एउटा ज्वलन्त सवाललाई स्वास्थ्य सजग पाठकहरूको माझ प्रश्नको रूपमा उभ्याउने अनुमति चाहन्छु – आखिर बस्तु भाउको दूध हाम्रो लागि अमृत कि विष ?

      आउनु होस्, आदित्यादि गन्थनमा नलागेर पुरा ५०० वटा बैज्ञानिक अनुसन्धान माथिको सर्वेक्षणको निष्कर्षलाई अगाडि सार्दै अब सोझै विषयमा जाऔं । अमेरिकाको क्यालिफोर्निया राज्यको सेटन मेडिकल सेन्टर ड्याली सिटीका चिफ सर्जन डा. रोवर्ट एम क्य्राद्जीयानले सन् १९८८ देखि १९९३ को विचमा दूधको विषयमा अध्ययन भई अन्तर्राष्ट्रिय मेडिकल जोर्नलमा प्रकासित जम्मा जम्मी २७०० वटा अनुसन्धानात्मक लेख मध्ये खाली दूधमा मात्रै केन्द्रित १५०० अनुसन्धान मध्ये पनि असान्दर्भिक रूपले क्लिष्ट, इन्कन्ल्कुसिभ र अन्य जनावरका दूधका विषयवस्तुलाई पन्छाई पुरै ५०० खोजको निष्कर्ष केलाएर अध्ययन गर्दा एउटै मात्रै अनुसन्धानमा पनि गाईको दूध मानव स्वास्थ्यको लागि उपयुक्त र हितकारी पाइएन । सबैको एउटै साझा निचोड देखियो–गार्ई लगायत कुनै पनि वस्तु भाउको दूध मान्छेको लागि अनावश्यक र निरर्थक मात्र हैन अत्यन्त हानीकारक पनि हुन्छ ।तदनन्तरका दुई दशकमा यस्तो दूधले मानव स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई लिएर अरु पनि थुप्रै अध्ययन भएका छन् र यहि निचोडलाई सम्पुष्टी गर्ने प्रसस्त जानकारी आईसकेका छन् । एकताका नेचुरोप्याथी प्रणाली र साकाहारी तत्काबाट भइरहेको दूग्ध पदार्थ उपभोगको विरोधको बाटोमा अब मुख्य धाराको मेडिकल जगत पनि मैदानमा उत्रेको छ र धेरै नामी – नामी चिकित्सकहरू “नो मिल्क” अभियानमा जोडिने व्रmम दिनानुदिन बढ्दो छ । सार्वजनिक हित र पव्लिक हेल्थको दृष्टिबाट यस्का कारण के के हुन् सबैले बुझ्न र अमल गर्न अब ढिलो हुनु हुँदैन ।

       साँचो हा,े आम जनस्तरको बुझाई अनुरुप नै गाईको दूध सुस्वास्थ्यको लागि अत्यावश्यक एउटा पूर्ण र सर्बोत्तम खाद्य वा पेय भएकोमा विवाद छैन– तर मान्छेलाई नभएर गाईको बाच्छाको लागि मात्र र त्यो पनि विनिङ्ग नहुँदा (नहुर्किउन्जेल) सम्मका लागि मात्र । यसलाई हाम्रो सहज तर्क मात्रै नभनौं । अचेल सबैजसो वायोकेमिष्ट र फिजिसिष्टहरूमा पाइने समान धारणा र विश्वास यही हो कि हरेक प्रजातिको दूध अरु भन्दा पृथक र मौलिक फर्मुला संरचनामा आधारित हुन्छ र आ–आफ्नो बच्चाको पोषण आवश्यकता अनुरूप बनेको हुन्छ । प्रकृतिको व्यवस्था र विधान पनि यही हो । सेतो हुँदैमा सबै दुध उही र एकसमान हुँदैन । मतलव, गार्ईको दूध केवल गाईको बाच्छा, बाच्छीको लागि अनि त्यसै गरी भैंसीको दूध पाडा पाडीको लागि र अरु यावत् स्तनपायी जनावरका दूध पनि उनीहरूकै आ–आफ्नै बच्चाहरूको लागि मात्रै सुहाउँदो हुन्छ । के एउटा जीवको बच्चाले अर्को जीवको दूध चुसेको कहिल्यै देख्नु भएको छ ? ठिक यसरी नै अरु जीवको दूध पनि मान्छेको लागि बनेकै होइन भने यो हाम्रो लागि हितकारी र हाम्रो जैविक प्रणाली अनुकूल कसरी होला ? उल्लेख्य के छ भने सबै जीवले दूध खादैनन्, केवल स्तनपायी जनावरले मात्र खान्छन् र ति सबैले बच्चा हुर्किसकेपछि अनिवार्यतः दूध छुटाएर बच्चालाई ठोस खानाको सुरुवात गराउँछन् । यत्रो विसाल प्रकृतिमा मानिस मात्रै यस्तो अजिव प्राणी हो जसले दुधको सन्दर्भमा दुइवटा गंभिर गल्ती गर्छ, पहिलो उसले अरु नै जीवको दुध खान्छ जो उस्को प्रयोजनको होइन, दोस्रो उसले हुर्किसकेपछि पनि निरन्तर दूध खाई नै रहन्छ । विज्ञानको विकासवादी अवधारणाबाट हेर्दा पनि यस्तो दूध मानव शरीर प्रणालीको निम्ती विजातिय र अपरिचित त हुँदै हो, सङ्गगङ्गै यस्तो दूध पिइरहनु न प्रकृती सम्मत हो नत तर्कसंगत नै । जोन होप्किन्स विश्व बिद्यालयका बाल रोग बिभागका पूर्व प्रमुृख डा. फ्रेन्क ओस्कीले गाईको दूधले वालक र वयस्कहरूमा २ दर्जन बेसी घातक रोग निम्त्याउने बताएका छन् । पछिल्ला अध्ययनहरूबाट एलर्जी प्रतिकृया मात्र नभएर दूग्ध पदार्थले धेरै प्रकारका क्यान्सर, मधुमेह १, मुटुका रोग, ओष्टीओपोरसिस र दम जस्ता ठूला रोगलाई निम्त्याउने देखाएका छन् । यसबाहेक डिप्रेसन, एनिमिया, किडनी समस्या, माइग्रेन र पिनास लगायतका अरु कैयौं स्वास्थ्य समस्यामा पनि दूधलाई नै मेडिकल अनुसन्धानहरूले प्रमुख रूपले जिम्मेवार ठहर गरेका छन् । तर वडा दुःखको कुरा छ, स्वास्थ्यको यस्तो गंभिर पहलु आजपर्यन्त न कुनै पाठ्यपुस्तकमा आउन सकेको छ न त कुनै मेडिकल कलेजहरूमा सिकाइन्छ । यद्यपि सबैजसो काविल चिकित्सकहरूको लामो व्यावसायिक चिकित्सकिय अनुभव सारमा यहि नै हो र भनिन्छ , अनुभव साच्चिकै सवैभन्दा भरपर्दो गुरु पनि त हो !

       खाद्य एलर्जीमा सबैभन्दा माथिल्लो नम्बरमा पर्न आउँछ– दूधबाट हुने एजर्ली । एलर्जी सधैं शरिर चिलाउने र छालामा डावर आउने जस्तो सजिलो हँुदैन, बल्कि एना फाइलेक्सिस जस्तो ज्यानै लिने सम्मको खतरनाक पनि हुन सक्तछ । शरीरमा भित्रिएको कुनै वस्तु शरीरले शहन गर्न नसकेर अस्वाभाविक प्रतिकृया देखाउनु नै एलर्जी हो । दुधमा हुने ल्याक्टोज (.खासमा ग्यालाक्टोज) भन्ने गुलियो वस्तु र क्यासिन भन्ने प्रोटिन शरीर अनुकूल नहुने भएकोले एलर्जी प्रतिक्रियाको मुख्य कारण बन्ने गर्दछन् । यसलाई औषधी विज्ञानमा ल्याक्टोज इन्टोलरेन्स भनिन्छ । विश्वभर कम्तीमा ७५% मानिसहरूले दूध अर्थात यसमा रहेको ल्याक्टोज पचाउन सक्तैनन् र दूध उनीहरूको लागि हानीकारक हुन्छ भन्ने पुष्टी भइसकेको छ । वास्तवमा दूध चुस्ने उमेर नाघे देखि (विनिङ) करीव २ देखि ५ वर्ष नपुग्दै धेरैमा दूध पचाउनका लागि ल्याक्टोज भन्ने इन्जाइस बनाउने जीन नै स्विच अफ हुन्छ वा घटेर जान्छ । यसरी एशिया अफ्रिका र ल्याटिन अमेरिकी मूलका बहुसंख्यक प्रौढहरू र १०% जति उत्तरी यूरोप अर्थात ककेशियन जातीका मानिसहरूमा दूध पचाउने संयन्त्र नै नहुने एउटा कुरा भयो , वाँकी जनसंख्यामा समेत यो क्षमता आंशिक वा अपूर्ण मात्र हुन्छ र सबैमा एकहद सम्म दूग्ध पदार्थ प्रति एलर्जी प्रतिकृया पाइने गर्छ । भनाईको तात्पयर्, गार्ई वा भैंसीको दूध हाम्रो शरीर प्रणालीको लागि अपरिचित वा विजातीय वस्तु भई विषादिको रूपमा काम गर्ने भएकैले दूध प्रति बढ्दो असहिष्णुता र तद्जन्य रोगहरूमा ब्यापकता आएको हो । कतिसम्म भने, गार्ई भैंसीको दूध लिई रहेका आमाहरूबाट स्तनपान गर्ने वच्चाहरूमा समेत यो ल्याक्टोज इन्टोलरेन्स वा एलर्जीको मेकानिजम ट्रान्सफरका केशहरू वग्रेल्ती देखिन थालेका छन् । सम्भवतः  दूध खपतकै कारणले तमाम भौतिक सुख सुविधा र उच्च जीवनशैली  भइकन पनि नर्थ अमेरिकनहरू आज विश्वकै सबैभन्दा अस्वस्थ मान्छेहरू मध्ये गनिन्छन् ।यसरी दूधको बढ्दो खपत आज विश्व पैमानामा एउटा जवर्जस्त स्वास्थ्य चुनौती बनेको छ ।स्तनपानबाट छुटाएर जति छिटो बोतल पान सुरु ग¥यो यो त्यत्तिनै गंभिर परिणामदायी बन्ने र त्यसमाथि अझ  जन्मको पहिलो ३ महिना बाटै इन्फेन्ट फर्मूला चुस्ने वच्चाहरूमा ल्याक्टो ग्लोवुलिन र क्यासिनको एण्टीवोडी अझ ज्यादा फेला पर्न थालेको छ  ।

       आजको कमर्सियल दूध हिंजोको जस्तो प्राकृतिक पेय रहेन । सन् १९५९ मा वार्षिक २ हजार पाउण्ड दूध उत्पादन दिने गाईबाट आज कसरी बलजफ्ती ५० हजार पाउण्ड दूध लिइन्छ ? यो सबै नश्ल परिवर्तन, हर्मोन र औषधी प्रयोगसहित फोस्र्ड फिडिङ्ग प्लानको करामत बाहेक केही होइन । त्यसैले दूध आज एण्टीबायोटिक, किटनाशक र विषादिको मेलले केमेष्ट्री वदलिई सकेको नक्कली पेय बन्न पुगेको छ र नामुद इन्डोक्राइनोलिष्ट क्लार्क ग्रोसमेनोरका शब्दमा यस्तो दूधको हरेक घुटको संगै हाम्रो शरीरमा ५९ अनिच्छित हर्मोन भित्रिन्छन् । अब हामीलाई दूध मनपर्छ वा मिठो लाग्छ भन्ने जस्तो फितलो तर्क सिवाय हामीसङ्ग दूध उपभोगको औचित्य पुष्टी गर्ने अरु कुनै आधार बाँकी रहेन ।

       यस धरतीको सिङ्गो प्राणी जगत भित्र र अझ खासगरी समस्त ४७०० स्तनपायी जनावरका शरीरमा उपलव्ध लाखौं लाख फरक फरक प्रोटिन मध्ये गार्ई र मान्छे विचमा एउटा हर्मोन मात्र मिल्न जाँदो रहेछ । मेडिकल जगतमा यो एउटा अद्भुत संयोग र रहस्य मानिन्छ । यस प्रकृतिका लाखौं जीवका लाखौं लाख प्रोटिन र हर्मोनहरू कुनै पनि अर्को सङ्ग मेल खादैनन् । मानिस र गाईमा पाइने यस्तो साझा हर्मोन हो –इन्सुलिन लाइक ग्रोथ हर्मोन (आइ.जि.एफ.–१) । यो एकातिर हाम्रो शरीरको वृद्धिमा भूमिका खेल्ने हर्मोन हो भने अर्कोतिर जन्मका वखत ९० पौण्ड पनि नपुग्ने सानो वाच्छा लाई दुई अढाई वर्षकै विचमा तौलमा १००० पाउण्डको वयस्क साँढेमा वदल्ने शक्तिशाली हर्मोन पनि यही हो । मान्छेमा यौवनावस्था वा किशोरावस्था पार हुनलाग्दा शरीरको दु्रत विकास आवश्यक नभएकोले यो हर्मोनको उत्पादन पनि घट्दै जान्छ र ७० वर्षको आसपास यसमा ५०% भन्दा बढी कटौती भइसक्छ । किशोरावस्था पछि यसको काम शरीरको बृद्धि नभई मृत सेलहरूलाई विस्थापित गर्नमा सिमित हुन्छ । तर जब हामी गार्ईको दूध पिउछौं हामीलाई आवश्यकता भए भन्दा ज्यादै ठूलो परिमाणमा यही हर्मोन गाईको दूधबाट हामीमा थपिन्छ । शरिरको बृद्धि विकास रोकिइ सकेको प्रौढ शरीरमा यस्तो एनावोलिक हर्माेन बृद्धिको परिणाम के होला ? उत्तर एउटै आँउछ– सेलहरु नचाहेको समय र अङ्गमा बृद्धि हुन थाल्नु जसलाई हामी क्यान्सर भन्ने गर्छौ । यस्तो हर्मोनले स्वस्थ र अस्वस्थ दुबै सेलको अनावश्यक वृद्धिलाई तिव्र पार्दै शरीरको रुग्ण र क्यान्सर सेलको स्वचालित विनास (अपोप्टसी)को प्राकृतिक सुरक्षा व्यवस्थालाई नै छिन्नभिन्न पार्ने कुरा त छदै थियो , यसमा अर्को ठूलै गडवडी थपियो जव १९९० मा संसारकै ठूलो मध्येको र विवादमा आइरहने मोनसान्टो भन्ने केमिकल कम्पनीले बढी दूध उत्पादनको लागि यही हर्मोन (वि.जि.एच वा वि.एस.टीं) को सुइ वजारमा ल्यायो । छोटो समयमै यो कन्सेप्ट यति लोकप्रिय वन्न गयो कि संसारभर औद्योगिक फर्म र गाईपालक किसानहरूले यसलाई अपनाउन थाले । अब यहि सिन्थेटिक हर्मोनले गर्दा हाम्रो शरीरमा पहिलेको अपेक्षा २० औं गुणा सम्म ग्रोथ हर्मोन भित्रिने अवस्था आयो । बैज्ञानिक अध्ययनहरूले स्तन, पाठेघरको मुख, कोलोन, अण्डकोष, गर्भासय र प्रोष्टेट जस्ता हर्मोन प्रभावित क्यान्सर लगायत अरुपनि धेरै क्यान्सरका घटनामा यही हर्मोन बृद्धिलाई जिम्मेवार ठह¥याएका छन् । अहिले डेनमार्क, नवेर्, हलैण्ड र स्विडेन क्रमशः विश्वभरमै स्तर क्यान्सरमा सबैभन्दा माथि पर्नुमा दूधकै करामत मानिन्छ । उता दूधको प्रोटिनको झण्डै ८७% भाग क्यासिनले ओगटेको हुन्छ र डा. कोलिन क्याम्पवेल र अरु विज्ञहरूका अध्ययनले यसलाई क्यान्सरको अर्को ससक्त कारण मानेका छन् । दिनमा २ वा ३ गिलास भन्दा वढि दूध लिने पुरुषहरूमा  प्रोष्टेट क्यान्सरका घटना अपेक्षाकृत उच्च देखिनु यसको एउटा उदाहरण मात्र हो । खासमा भन्ने हो भने मानिसमा त्यत्रो विधी ग्रोथ हर्मोन र गाई भैंसीको माफिक भिमकाय शरीर संरचनाको प्रकृतिले कल्पना नै गरेको हुंदैन । जन्मका बखत ६–७ पांैड तौलको मानव शिशुले १९–२० वर्षको समय व्यतिक्रम पछि बल्ल सय सवासय पाउण्डको तौल ग्रहण गर्ने हो । बरु मान्छेमा अत्यन्त जटिल मस्तिष्क, स्पाइनल कर्ड र मिहिन स्नायु तन्तुको विकास अपेक्षित छ जस्ले उसलाई यस घरतीको सवसे बृद्धिमान प्राणी बनाउँछ । कुरा त्यत्तिमै टुंगिदैन । हर्मोनको सुइले अक्सर गार्ईको थुनमा थुनिलो (म्यास्टाइटिस) बनाउने र घाउको रगत र पिप दूध संगै मिसिएर आउने पक्ष एकातिर छ भने अर्को तिर यसको लागि दिइएका औषधी र एण्टीबायोटिक्स पनि दूधमा प्रकट हुने हुँदा हामीमा एण्टीबायोटिक सहनशिलता वढ्ने र जीवन संकटमा परेको बेला एण्टीबायोटिक्सले काम नगर्ने जस्तो डरलाग्दो स्थिति बन्दछ । क्रमशः अरु अङ्कमा ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु