Sunday, 24 September 2017 02:33 pm, Nepal

ट्रलीबसका खम्बा सार्न सुरु

मेचीकाली : 0000-00-00 00:00:00


भक्तपुर, ८ चैत -कास)- अरनिको राजमार्गको कोटेश्वरदेखि र्सूय विनायक खण्डको सडक दक्षिण किनारामा रहेका ट्रलीबसका खम्बा र्सार्न सुरु भएको छ । सडक फराकिलो पार्ने क्रममा करिब १० किलोमिटर दूरीभित्रका खम्बा र्सार्न थालिएको हो । जापान सरकारको सहयोगमा सडकलाई ६ लेनको बनाउने तयारी गरिएको छ । सडक विभागका महानिर्देशक तुलसीप्रसाद सिटौ लाले बाटो फराकिलो बनाउन ट्रलीबस, विद्युत् र टेलिफोनका खम्बा सार्ने , ढल, खानेपानीलगायत बनाउने काम भइरहेको जानकारी दिए । सडक दाया“-बाया“का के ही घरलाई मुआब्जासमेत दिइसकिएको उनले जनाए । 'दुइ महिनाभित्र प्रारम्भिक चरणको काम सकिनेछ,' उनले भने- ' भदौमा जापानी टोली आएर काम थाल्ने छ ।' कोटेश्वर चोकसमेत फराकिलो बनाइनेछ । यो चोक राजधानी प्रवेशको दोस्रो प्रमुख नाका हो । ट्राफिक जामका दृष्टिले कलंकीपछि यो स्थान बढी संवेदनशील मानिन्छ । तातोपानी नाका हु“दै चीनस“गको व्यापारले गर्दा यहा“ सवारी चाप बढेको हो । धुलिखेल, सिन्धुली हु“दै महेन्द्र राजमार्गको बर्दिबास जोड्ने बीपी राजमार्ग निर्माण भएपछि यो खण्डमा सवारी चाप अझ बढ्नेछ । पूवाञ्चलका सवारीसाधन पनि अरनिको राजमार्ग हु“दै राजधानी प्रवेश गर्न थालेपछि जामको समस्या थपिने छ । त्यसले अहिल्यै सडक विस्तार योजना बनाइएको विभागले जनाएको छ । सिटौलाका अनुसार करिब १८ अर्ब रुपैया“ अनु दानमा सडक फराकिलो बनाउन लागिएको हो । सडक विस्तार गर्ने प्रमुख जिम्मेवारी जापानकै ठेकेदारले पाउने छन् । मनोहरा र हनुमन्ते खोलामा पुल थपिनेछ । सडक विस्तार कार्य दुइ वर्षभत्र पूरा हुने सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु