Saturday, 23 September 2017 05:53 am, Nepal

धुलिखेल अस्पतालको वार्षिकोत्सव

मेचीकाली : 0000-00-00 00:00:00


२०५३ सालमा दुईवटा कोठामा दुई जना चिकित्सक, नर्स तथा सहयोगी गरी चार जनाको जनशक्तिमा सामान्य स्वास्थ्य परीक्षणबाट शुरू भएको धुलिखेल अस्पतालले आज ११औं वार्षिकोत्सव तथा सातौं दीक्षान्त समारोह मनाउँदै छ।

धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख तथा मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू भन्नुहुन्छ- नेपाल मेड’ अस्ट्रिया र धुलिखेल स्वास्थ्य सेवा संघको संयुक्त प्रयासमा स्थापना गरिएको धुलिखेल अस्पताललाई समुदायले स्थानीय रूपमा उपलब्ध हुन सक्ने जमिन, जनशक्तिलगायतका आवश्यक सहयोग गरेकाले आज ११ वर्षा ३ सय १७ शैय्याका साथ दक्षिण एसियाकै नमुनाको रूपमा प्रस्तुत गर्न सफल भएको छ।

यस अस्पतालमा स्वास्थ्य सेवा मात्र नभएर स्वास्थ्य शिक्षा र अस्पतालका लागि आवश्यक जनशक्तिसमेत यहीँ उत्पादन गर्ने उद्देश्यले नर्सिङ, हेल्थ असिस्टेन्ट, ल्याब, फिजियो थेरापि, अप्थाल्मिक एसिस्टेन्ट, एमबीबीएस तथा बीएसी नर्सिङको समेत अध्यापन गराइन्छ’, कोजुले भन्नुभयो- ँधुलिखेल अस्पतालले ग्रामीण भेगलाई बढी प्राथमिता दिनुपर्छ भन्ने अस्पतालको नीति बनेको छ।’

यस अस्पतालले हालसम्म काभ्रे, सिन्धुपाल्चोक, धादिङ, ललितपुरलगायत जिल्लामा गरी आठ स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ। ग्रामीण भेगमा सञ्चालित स्वास्थ्य केन्द्रहरूबाट हजारौं स्थानीय बासिन्दा लाभान्वित भएका छन्। आर्थिक वर्ष०६३/०६४ मा धुलिखेल अस्पतालमा ५१ हजार बिरामीले बहिरंग सेवा पाएका छन्।

फरेन्सिस ल्याबको समेत सुविधा भएको यस अस्पतालमा जनशक्ति उत्पादनदेखि अनुसन्धानात्मक उपचारसम्म गरिन्छ। हालै मात्र यस अस्पतालले नेपालमै पहिलो पटक कस्मेटिक अनुसन्धानात्मक उपचार विधि भित्र्याएको डा. कोजू बताउनुहुन्छ।

यो उपचारविधिबाट अनुहारमा देखिएको कालो पोतो, दुबी, कोठीहरूसमेत हटाउन मद्दत पुग्ने उहाँको दाबी छ।

२४ सै घण्टा आकस्मिक सेवाका साथ बहिरंग र अन्तरंग सेवा सुविधाका अलावा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको यस अस्पतालको ११औं वार्षिकोत्सव भव्यताका साथ मनाउनु जिल्लावासीहरूको मात्र गौरवको विषय नभई स्वास्थ्यक्षेत्रकै गौरवको विषय भएको उहाँले बताउनुभयो।
(स्रोतः नेपाल समाचारपत्र)

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु