Saturday, 24 June 2017 10:58 pm, Nepal

कोलोम्बिायामा खानी विस्फोट एकको मृत्यु १८ बेपत्ता

मेचीकाली : 2017-06-24 13:59:45

बोगोटा, १० असार : मध्य कोलोम्बियामा अवस्थित एक स्थानीय खानी शुक्रबार विस्फोट हुदाँ एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।आधिकारीक जानकारीअनुसार बेपत्ता कामदारको खोजीको लागि उद्धाराकार्य जारी रहेको छ ।

पुरा पढ्नुहोस्

पहिरोमा परी चीनमा १४१ जना बेपत्ता

एजेन्सी: 2017-06-24 13:59:00

चेङडु (चीन) १० असार : चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् । पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

प्रहरी अधिकारीको कुटेर हत्या

मेचीकाली : 2017-06-23 16:32:56

श्रीनगर (भारत), ९ असार : भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

पुरा पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सि हङकङ जादै

एजेन्सी: 2017-06-23 13:30:31

हङकङ, ९ असार : चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्काे हप्ता हङ्कङ जादै हुनुहुन्छ । आगामी हप्ता उहाँले हङ्कङ भ्रमण गर्न लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शुक्रबार सार्वजनिक गरेका छन् ।हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लाग्नुभएको हो ।

पुरा पढ्नुहोस्

म्यानमारका विद्रोहीविरुद्धको कारबाही क्रुर र अमानवीय भएको आरोप सरकारद्वारा खण्डन

एजेन्सी: 2017-06-22 14:34:07

याङ्गुन, ८ असार : म्यानमारका बिगत लामो समयदेखि हिंसात्मक आक्रमणहरु जारी राखेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोहीबिरुद्ध यहाँको सरकारले कारबाहीलाई निकै कडा पारेको छ ।सो कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागेका छन् । म्यानमारको प्रहरीले पछिल्लो समयमा उनीहरुबिरुद्धको कारबाहीलाई निकै कडा बनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु