Tuesday, 26 September 2017 11:52 pm, Nepal

यस्तो छ काभ्रेको चुनाबी चहलपहल

विनोद न्यौपाने : 0000-00-00 00:00:00


बनेपा, ३० फागुन संविधानसभाको निर्वाचनको मिति नजिकिँदै गएपछि काभ्रेमा चुनावी चहलपहल बढेको छ । विभिन्न राजनीतिक दलका उमेदवारहरुले आफ्‍नो चुनावी प्रचारलार्इ तीब्रता दिएका छन्‍ । केही समयदेखि उम्मेदवारहरुले आफ्‍नो चुनावी अभियानलार्इ गाउँ केन्द्रीत गरेका छन्‍ । अहिले सबैजसो उम्मेदवारहरु गाउँमै रहेका छन्‍ । नेकपा माओवादीले अहिले आफ्‍नो चुनावी अभियानलार्इ तीब्रता दिएको छ । माओवादीबाट क्ष्ोत्र नं. १ मा उम्मेदवार बन्नुभएका सूर्यमान दोङ, २ बाट उम्मेदवार बन्नुभएका अक्कलबहादुर थिङ, ३ बाट उम्मेदवार बन्नुभएकी मीना तामाङ र ४ का उम्मेदवार तेजवहादुर मिजार अहिले मतदाताको घरघरमा पुग्नुभएको छ । ग्रामीण्ा क्ष्ोत्रका मतदाता संविधानसभाको चुनावप्रति उत्साहित भएको अधिकांश उम्मेदवारहरुले जानकारी दिनुभयो । मतदाताले यसपालीको चुनाव भने नसार्न आग्‍ह गरेको पनि उहाँहरुको भनार्इ छ । यसैगरी नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका नेताहरु पनि अहिले गाउँमै हुनुहुन्छ । कांग्रेसबाट उम्मेदवारी दिनुभएका १ नं. का मधु आचार्य, २ का तीर्थ पसखल, ३ का शिव हुमागार्इं र ४ का राजेन्द्र खरेल अहिले गाउँगाउँमा चुनावी सभा, प्रशिक्ष्ाण्ा र घरदैलो कार्यत्रmममा व्यस्त हुनुहुन्छ । ग्रामीण्ा क्ष्ोत्रमा चुनावी प्रचारका कार्यत्रmम सकेपछि मात्र शहरी क्ष्ोत्रमा कार्यत्रmम गनर्े उहाँहरुको भनार्इ छ । नेकपा एमालेका उम्मेदवारहरुले पनि आफ्‍नो चुनावी प्रचार अभियानलार्इ गाउँ केन्दि्रत गनर्ुभएको छ । क्ष्ोत्र नं. १ का संग्रमजीत लामा, २ का केशव बडाल, ३ का क ृष्ण्ाप्रसाद सापकोटा र ४ का विदुर सापकोटा पनि आफ्‍नो पक्ष्ामा मतदान गर्न आग्रह गर्दै मतदाताको घरघरमा पुग्नुभएको छ । ग्रामीण्ा क्ष्ोत्रका चुनावी कार्यत्रmम सम्पन्न गरेर चैतको दोस्रो सातादेखि मात्र चुनावी कार्यत्रmमलार्इ शहर केन्द्रीत गनर्े उहाँहरुको भनार्इ छ । काभ्रेमा उम्मेदवारी दिएका अन्य राजनीतिक दलहरुले पनि चुनावी अभियानलार्इ तीब्रता दिएका छन्‍ भने नयाँ दल दर्ता गरेर उम्मेदवारी दिएकाहरु अहिले आफ्‍नो संगठन विस्तारमा लागेका छन्‍ । जिल्लाका विभिन्न राजनीतिक दलका भात ृ तथा शुभेच्छुक संस्था पनि आफू सम्वद्ध पार्टीलार्इ जिताउन लागिपरेका छन्‍ । विभिन्न दलका युवा संगठन, महिला संगठन, विद्यार्थी संगठनले आफ्‍नो पार्टीको चुनावी प्रचारका लागि कार्यकर्ताहरु परिचालन गरिरहेका छन्‍ । जिल्ला निर्वाचन कार्यालय काभ्रेले पनि चुनावको सबैजसो तयारी सम्पन्न गरिसकेको जनाएको छ । जिल्लामा रहेका केही दल तथा पत्रपत्रिकाले निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै कार्यालयले आचारसंहिता पालना नगरे कार्बाही गनर्े चेतावनी पनि दिएको छ । संविधानसभाको चुनावका लागि मतदातालार्इ प्रशिक्ष्ाण्ा दिनका लागि मतदाता स्वयंसेवक पनि घरदैलो कार्यत्रmममा लागेका छन्‍ । निर्वाचन आयोगले दिएको 'संविधानसभाको निर्वाचनमा भो हाल्न जाआैं' लेखिएको निम्तो कार्ड लिएर उनीहरु मतदाताको घरघरमा पुगेका छन्‍ । काभ्रेका ३ नगरपालिका र ८७ गाविसमा २ जनाका दरले स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । काभ्रेमा चुनावका लागि सबैजसो सुरक्ष्ाा व्यवस्था मिलाइसकिएको वताइएको छ । चुनावको सुरक्ष्ााको जिम्मेवारी पाएको शसस्त्र प्रहरीले जिल्लाका ४ बटै निर्वाचन क्ष्ोत्रमा सुरक्ष्ाा बेसक्याम्प राखिसकेको छ भने सुरक्ष्ााका लागि आवश्यक म्यादी प्रहरीको भर्ना पनि लिइरहेको छ । काभ्रेमा ४ निर्वाचन क्ष्ोत्रमा ३ सय ८८ मतदान केन्द्र निर्धारण्ा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु