Tuesday, 26 September 2017 11:13 am, Nepal

एसएलसी आजदेखि,३ लाख ७९ हजार परीक्षार्थी

मेचीकाली : 0000-00-00 00:00:00


गणेश र्राई
काठमाडौं, ३ चैत- यसपालिको एसएलसी परीक्षा सोमबार बिहान सुरु हु“दै छ । परीक्षामा कुल ३ लाख ७९ हजार ३ सय ७७ विद्यार्थी सहभागी हु“दै छन् । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ३ लाख १९ हजार ४ सय परीक्षार्थी छन् । तीमध्ये १ लाख ७१ हजार ९ सय छात्र र १ लाख ४७ हजार ५ सय छात्रा छन् । एक्जाम्टेडतर्फनियमित र एक्जाम्टेड गरी ५९ हजार ८ सय ४५ परीक्षार्थी सामेल छन् । परीक्षाका लागि १ हजार २ सय ९९ केन्द्र तोकिएका छन् । मागअनुसार गाउ“गाउ“मा परीक्षा केन्द्र विस्तार गरिएको छ ।
'पूरा तयारीमा छौं,' परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले आइतबार सा“झ भने, 'शान्तिपर्ूवक परीक्षा हुनेछ ।' गत वर्ष३ लाख ४७ हजार सामेल थिए । यसपालि ३२ हजार परीक्षार्थी बढेका छन् । सबैभन्दा बढी काठमाडौंबाट २५ हजार ४ सय ५७ र सबैभन्दा कम मुस्ताङबाट १ सय १३ जना विद्यार्थी छन् । कार्यालयका अनुसार केन्द्रका निम्ति एक केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, पियन गरी कुल ३६ हजार ५ सय कर्मचारी खटाएको छ । प्रत्येक परीक्षा केन्द्रमा घटीमा दस जनाका दरले १३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइनेछन् । हरेक जिल्लामा प्रमु ख जिल्ला अधिकारीको अध्यक्ष्ँतामा परीक्षा समिति रहने र उक्त समितिले परीक्ष्ँालाई मर्यादित बनाउनेछ । यसै पटकदेखि दूर शिक्षाका माध्यमबाट परीक्षार्थी पनि सामेल छन् । मुलुकको पा“च क्षेत्रका खुला विद्यालयबाट १ सय १२ जनाले जा“च दि“दै छन् ।
विद्यार्थीले ६ अनिवार्यसहित आठ विषयको परीक्षा दिनेछन् । संविधानसभा चुनावले गर्दा विगतभन्दा डेढ साताअघि परीक्षा सारिएको छ । परीक्षा अवधिभर लगातार तीन दिन बिदा हुनेछ । होली पर्वका कारण चैत ८ देखि १० गते तीन दिन बिदा हुनेछ । नियन्त्रण कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित र शान्तिपर्ूण्ा वातावरणमा सुचारु राख्न विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, सुरक्षाकर्मी, बुद्धिजीवी, उद्योगपति, व्यवसायिक संगठन, सञ्चारकर्मी, नागरिक समाज, राजनीति दल,र् र्सवसाधारणलगायतमा सहयोग याचना गरेको छ । विदेशी परीक्षार्थी यसै वर्षाट विदेशीले एसएलसी दिन पाउने व्यवस्था भएको छ । राजधानीको महाराजगन्जस्थित काठमान्डू भ्याली स्कुलमा अध्ययनरत पाकिस्तानका एक छात्रा मेमुन खालिक परीक्षा दि“दै छन् । दर्ुइजनाले रजिस्ट्रेसन फारम भरे पनि अर्का छात्र 'सेन्ड अप' मा असफल भएको प्रिन्सिपल बबिता लाभ कायस्थले कान्तिपुरलाई बताइन् । ती विद्यार्थीले सबै विषयको परीक्षा अंग्रेजी माध्यमबाट दिनेछन् । अपांगलाई थप समयसहित सहयोगीको व्यवस्था एसएलसी परीक्षा सञ्चालन निर्देशिकाअनुसार परीक्षार्थी अन्धा वा अपांग -दुवै हात नचल्ने) व्यक्तिले परीक्षाका लागि सहयोगी लेखक राख्न पाउने व्यवस्था छ । कम्तीमा आठ कक्षा उत्तर्ीण्ाले लेखक बन्न पाउनेछन् । शिक्षा नियमावली, २०५९ अनुसार अपांगताको प्रकृतिअनुसार अन्धा, बहिरा, सुस्त मनस्थितिका परीक्षार्थीलाई निर्धारित समयभन्दा बढीमा १ घन्टा ३० मिनेट थप समय दिइने व्यवस्था छ । उपत्यकामा ३९ हजार परीक्षार्थी उपत्यकाका तीन जिल्लाबाट ३९ हजार परीक्षार्थी सामेल हु“दै छन् । भक्तपुरबाट ५ हजार, ललितपुरबाट ८ हजार ७ सय र काठमाडौंबाट २५ हजार ४ सय छन् । त्यसका निम्ति २०, २५ र ६५ गरी १ सय १० परीक्षा केन्द्र विस्तार गरिएका छन् । परीर्क्षर्ीमध्ये केन्द्र ीय कारगारका कैदीसमेत रहेको काठमाडौंका शिक्षा अधिकारी दर्ुगानाथ गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु