Happy tihar
Saturday, 21 October 2017 10:56 am, Nepal

गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको रुइसे

रासस: 2017-03-21 08:30:39

म्याग्दी-सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ । समुद्री सतहदेखि दुईहजार पाँचसय ३० मिटर उचाइमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोला गाविसको सीमा क्षेत्रलाई समेटेको रुइसे–भेडीओढारबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

पुरा पढ्नुहोस्

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ ओझेलमा

मेचीकाली : 2017-02-03 11:25:58

सुशीला रेग्मी

रामपुर (पाल्पा)- हिमाल, पहाडसँगै कालीगण्डकी बँेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ ।रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको अवलोकन गर्दा कुनै विकसित सुन्दर सहरजस्तो लाग्छ ।

पुरा पढ्नुहोस्

पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो

मेचीकाली : 2016-10-17 15:52:03

वासुदेव पौडेल

पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि यस वर्ष पदयात्रामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

पुरा पढ्नुहोस्

गाउँ छिचोल्दै हिमाल हेर्दै !

मेचीकाली : 2016-05-09 14:22:18

कास्की- कहिले आफ्नो उचाइभन्दा पहाड होचोजस्तो, कहिले खोँचमा हराउँदा आफ्नै उचाइ घटेजस्तो । कहिले आँखामा टाँसिने हिमाल आफ्नो कुमसम्म मात्र आउँदा संसार जितेजस्तो । अनि कहिले हिमालतिर चियाउँदा टोपी नै खस्ला जस्तो !“हिमाली क्षेत्रको पदयात्रामा निस्कँदा सधैँजसो यस्तै लाग्छ”, नेपाल टे«ेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले भन्नुभयो– “त्यसैले त पदयात्रा सधैँ हनिमुनजस्तो लाग्छ ।”

पुरा पढ्नुहोस्

पर्यटकीयस्थल मयुङ ओझेलमा

मेचीकाली : 2016-03-26 17:35:56

खोटाङ-पर्यटकीयस्थल मयुङ विकासको प्रचूर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । जिल्लाको उत्तरी गाविस फेदीमा पर्ने मयुङमा बाह्रै महिना ढकमक्क फूल फुलिरहने, समथर घाँसे मैदान, पर्याप्त पानीको स्रोत, जडीबुटीको क्षेत्र, विभिन्न ठाउँको दृश्य सजिलै देख्न सकिने ठाउँ छन् । समुद्री सतहदेखि करिब तीन हजार मि उचाइमा रहेको मयुङबाट सगरमाथा, महालङ्गुर हिमाल, अरुण उपत्यका, मेरापिक, मकालु, सगरमाथा तथा बरुण राष्ट्रिय निकुञ्जलगायत देख्न सकिन्छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु