Happy tihar
Monday, 23 October 2017 08:27 am, Nepal

तेह्रथुमे ढाका कपडाको माग बढ्यो

मेचीकाली : 2017-10-20 17:17:13

तेह्रथुम, ३ कात्तिक : यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको बिक्री दोब्बर भएको व्यवसायीले बताएका छन् ।

पुरा पढ्नुहोस्

तिहारमा पन्ध्र लाख माला बिक्री हुने

मेचीकाली : 2017-10-19 16:12:59

काठमाडौँ, २ कात्तिक : यस वर्ष तिहारमा झण्डै तीन लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित सो माला भाइटीकाका लागि मात्र हो । नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता घटेको छैन । नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आव २०७२/७३ सम्म आइपुग्दा ४० जिल्लामा विस्तार भएको छ ।

पुरा पढ्नुहोस्

किसानलाई अलैँची टिप्ने चटारो

मेचीकाली : 2017-10-16 16:24:34

ताप्लेजुङ, ३० असोज : यहाँका किसानलाई यतिवेला अलैँची टिप्ने चटारो छ । जिल्लाको माथिल्लो भेगका कृषकको दैनिकी अचेल अलैँची बगानमै बितिरहेको छ । स्थानीय मजदुरलाई पनि भ्याईनभ्याई छ । ताप्लेजुङमा बेँसीदेखि लेकसम्म नै अलैँचीखेती हुने भएकाले सबैतिर एकै समयमा पाक्दैन । छिमेकी जिल्ला पाँचथर, तेह्रथुम, इलाममा पनि उस्तै छ ।

पुरा पढ्नुहोस्

दोहोरो अंकले बढ्यो सेयर बजार

मेचीकाली : 2017-10-16 16:21:11

काठमाडौँ, ३० असोज : धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ ।

पुरा पढ्नुहोस्

एक अर्ब बढीको शेयर कारोबार

मेचीकाली : 2017-10-14 16:33:02

काठमाडौँ, २८ असोज : धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सम्बेदनशील परिसूचक पहिलो दिनको तुलनामा ०.६७ अंकले बढेर ३१७.६३ अंकमा आइपुगेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु