Tuesday, 26 September 2017 11:10 am, Nepal

सर्वोच्चद्वारा दुइ माओवादी उम्मेदवारमाथि हत्या अभियोगमा कारबाही गर्न आदेश

मेचीकाली : 0000-00-00 00:00:00


काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीका केन्द्रीय सदस्य एवं दुइ उम्मेदवार ६ जनासहित व्यक्ति हत्याको अभियोगमा कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय काभ्रेलाई आदेश दिएको छ ।
माओवादी केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं. २ का उम्मेदवार अग्नी सापकोटा र माओवादीकै काभ्रे क्षेत्र नं. २ का उम्मेदवार र्सूयमान दोङसहित आधा दर्जन माओवादी कार्यकर्तालाई सर्वोच्च अदालतले सोमबार हत्या अभियोगमा कारबाही प्रशासनलाई चलाउन आदेश दिएको हो । काभ्रेकी पूण्ामाया लामाले आफ्नो पतिको अपहरणपछि माओवादीका अग्नि सापकोटा, र्सूयमान दोङलगायतका व्यक्तिले हत्या गरेको सर्वोच्चमा किटानी जाहेरी दिएकोमा सोमबार न्यायाधीशद्वय रामप्रसाद शर्मा र दामोदरप्रसाद शर्माको इजलासले उक्त आदेश दिएको हो । 'जनयुद्ध' का क्रममा भएको उक्त हत्यासम्बन्धी जाहेरी काभ्रे जिल्ला प्रशासन कार्यालयले दर्ता गर्न नमानेपछि लामा सर्वोच्चको शरणमा पुगेकी थिइन् ।
माओवादी जनयुद्धका क्रममा भएका गतिविधि र अपराधिक घटनासम्बन्धी मुद्दामा अदालतले यस प्रकारको फैसला गरेको सम्भवतः पहिलो घटना हो । सर्वोच्चको आदेशअनुसार सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका उम्मेदवारसमेत रहेका माओवादी नेताहरूलाई पक्राउ गरी कारबाही अगाडि बढाउनुपर्ने लामा पक्षको जिकिर रहेको छ ।
हत्यासम्बन्धी मुद्दामा सर्वोच्चले सोमबार गरेको फैसलाले संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएका अग्नी सापकोटा र र्सूयमान दोङको उम्मेदवारीसमेत संकटमा परेको छ । सर्वोच्चको आदेश जिल्ला प्रशासन कार्यालयले कति कार्यान्वयन गर्दछ र त्यसको प्रभाव निर्वाचन आयोगमा कस्तो पर्दछ हेन बाँकी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु