Thursday, 18 January 2018 03:41 pm, Nepal

तलाउमा बस खस्दा भारतमा आठ जनाको मृत्यु

मेचीकाली : 2018-01-13 13:30:47

नयाँदिल्ली, २९ पुस : भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो ।

पुरा पढ्नुहोस्

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना, ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण पत्ता लागे

मेचीकाली : 2017-03-31 10:51:14

सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक अनुसन्धानपछि पूर्णता प्राप्त गरेको हो ।

पुरा पढ्नुहोस्

‘सुविसु क्यान इन्फोटेक’ मेला सुरु

मेचीकाली : 2017-01-26 14:35:27

काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म चल्नेछ ।

पुरा पढ्नुहोस्

केयू आइटी मिट २०१७ सुरु

मेचीकाली : 2017-01-20 19:03:21

काभ्रे-सूचना प्रविधिको वृहत मेला केयू आइटी मिट २०१७ आजबाट काठमाडौं विश्वविद्यालय धुलिखेलमा सुरु भएको छ । मेला काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब केयुसिसि र काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स तथा इन्जियनरिङका विद्यार्थीहरुले संयुक्तरुपमा आयोजना गरेका हुन् । मेलाको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्टका उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले उद्घाटन गरेका थिए ।

पुरा पढ्नुहोस्

प्रवासी म्याग्देलीले इन्टरनेटका लागि जुटाए ५० लाख

मेचीकाली : 2016-11-06 08:22:27

म्याग्दी-रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् ।

पुरा पढ्नुहोस्

 

    भर्खरै

     

    धेरैले पढेको

     

    भर्खरै प्राप्त प्रतिक्रियाहरु

     

    मेचीकाली भिडियो

    महाभुकम्प

    थप भिडियोहरु