Tuesday, 19 December 2017 01:51 am, Nepal

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

मेचीकाली : 2017-12-14 14:51:51

एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

पुरा पढ्नुहोस्

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

मेचीकाली : 2017-12-03 13:06:18

पोखरा-रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक÷एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य उद्देश्यका साथ सो प्रतियोगिता हुने भएको हो ।

पुरा पढ्नुहोस्

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा भारत १९ रनले पराजित

मेचीकाली : 2017-11-12 16:48:25

क्रिकेटमा नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो

काठमाडौँ, २६ कात्तिक : मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ ।मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो । एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४८.१ ओभरमा १६६ रन मात्र बनाउन सक्यो ।

पुरा पढ्नुहोस्

टि–ट्वेन्टी विश्वकप छनोट : नेपाली महिला क्रिकेट खेलाडी छनोट

मेचीकाली : 2017-11-02 17:01:08

 आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट गरेको हो ।

पुरा पढ्नुहोस्

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल डिभिजन टु मा घटुवा

मेचीकाली : 2017-10-16 10:07:46

हङकङविरुद्धको दोस्रो खेल रद्द

काठमाडौं, ३० असोज : नेपाल विश्व क्रिकेट लिगको डिभिजन टु मा घटुवा भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज हङकङसँगको दोस्रो खेल वर्षाको कारण रद्द भएसँगै नेपाल पहिलो डिभिजनबाट दोस्रो श्रेणी अर्थात डिभिजन टु मा घटुवा भएको हो । आजको खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् ।

पुरा पढ्नुहोस्

 

    भर्खरै

     

    धेरैले पढेको

     

    भर्खरै प्राप्त प्रतिक्रियाहरु

     

    मेचीकाली भिडियो

    महाभुकम्प

    थप भिडियोहरु