Monday, 21 May 2018 09:13 am, Nepal

दुर्घटनामा दुई बालकको मृत्यु

मेचीकाली : 2018-05-20 13:44:45

दाङ, ६ जेठ : दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

पुरा पढ्नुहोस्

इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

मेचीकाली : 2018-05-20 13:44:09

बोलाउन जाँदा डाक्टरले गाली गर्छन्

गौशाला, ६ जेठ : महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् । अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी बिरामी दिक्क भएर अन्य अस्पताल वा बाहिर जाने गर्छन् ।

पुरा पढ्नुहोस्

स्वास्थ्य भक्तपुर अभियान शुरु

मेचीकाली : 2018-05-20 13:43:13

नगरकोट, ६ जेठ : रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताउनुभयो ।

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

मेचीकाली : 2018-05-20 13:42:27

नवलपरासी, ६ जेठ : पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

पुरा पढ्नुहोस्

शिक्षा कार्यालय काभ्रेमा चरम अनियमितता

मेचीकाली : 2018-05-18 12:56:09

काभ्रे, ४ जेठ : जिल्ला शिक्षा कार्यालय काभ्रेमा चरम आर्थिक अनियमितता भएको महालेखा परिक्षकको कार्यालयले पुष्टि गरेको छ । शिक्षा कार्यालयमा प्राप्त विभिन्न कार्यक्रमहरुमा शिक्षा कार्यालयमा भएका अनियमितताका प्रमाणहरु लेखापरिक्षणका क्रममा भेटिएका छन् । आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्ममा शिक्षा कार्यालयको ८ करोड ५० लाख ६५ हजार २ सय ६१ बेरुजु पुगेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु