Tuesday, 26 September 2017 11:17 am, Nepal

आफ्नै काममा व्यस्त

मेचीकाली : 0000-00-00 00:00:00


रमा दाहाल
काभ्रे, २५ फागुन- जिल्लाका विभिन्न स्थानमा अनेक कार्यक्रम गरी महिलाले 'नारी दिवस' मनाए । ती कार्यक्रममा सहभागी हुने अवसर सहरी र संघसंस्थामा आबद्ध महिलाले मात्र पाए । दिवस मनाइरहँदा बनेपास्थित कुइँकेल गाउँका महिला भने मल बोक्न र बारी खन्नमै व्यस्त थिए । लामो खडेरीपछि पानी परेकाले बारी खन्न हतार भइसकेको उनीहरू बताउँछन् । आफ्नो पेसै कृषि भएकाले कुन दिवस कहिले पर्छ र के गरेर मनाउने भन्ने उनीहरूलाई थाहा छैन । बारी खन्दै गरेकी लक्ष्मी भुजेलले भनिन्, 'बाहै्र महिना खानैपर्ने भएकाले कुन बाली कहिले लगाउने र के काम कहिले गर्ने चाहिं थाहा छ । अरू दिवसका बारेमा थाहा छैन । खेतीका सिजनमा गर्नुपर्ने काम एक्लै गर्न कठिन हुने भएकाले पर्म लगाएर काम गर्ने गरेको उनीहरू बताउँछन् । इन्दिरा कुइँकेलले भनिन्, 'गाउँका सबै महिला हरेक काममा सँगै हुन्छौं । घाँस, दाउरा, कुटो, कोदालो, गर्दासमेत हामीलाई महिला दिवसै लाग्छ ।' जहाँ गए पनि आफ्नो काम आफैं गर्नुपर्छ भन्ने सोच बोकेका महिला प्रायः मेलापातको काम समूहमै गरिने भएकाले त्यसैमा आफूहरूलाई आनन्द आउने बताउँछन् । अहिले बारीमा मल हाल्ने र खन्ने कामको चटारो छ । खेतमा आलु गोड्न र औषधि हाल्न बितिसकेको छ । त्यतिमात्र होइन, मेलाको काम सकेर घर पुग्दा गाइवस्तु स्याहार गर्न ढिला भइसकेको हुन्छ । बारीको मेलो देखाउँदै जानुका भुजेलले भनिन्, 'यति मेलो सकेर दुइ डोको घाँस पनि काट्नुपर्छ । हामी किसानलाई सधैं कामकै दिवस छ ।' उता घरेलु हिंसाबाट पीडित गंगा बोगटी भने ज्याला गर्न छोडेर भए पनि महिला दिवसको कार्यक्रममा सहभागी भइन् । उनी तीन महिनादेखि छिमेकी गाउँकी एक महिलाका घरमा आफ्ना दुइ छोरीका साथ छिंडीमा बस्दै आएकी छन् । आफ्नै श्रीमान्ले चरम यातना दिएपछि छुट्टै ठाउँको खाजीमा लाग्नुपरेको उनी बताउँछिन् । उनी भन्छिन्, 'आफ्नो अधिकार प्रयोग गर्नका लागि पनि महिला समूहमा बस्नुपर्छ र नारी दिवसमा सहभागी हुनुपर्छ ।' उनले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दासमेत दर्ता गराएकी छन् ।
Kantipur

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु