Monday, 26 June 2017 02:34 am, Nepal

एकै मन्चमा तीन शौन्दर्य प्रतियोगिता

मेचीकाली : 2017-06-25 18:32:42

एक्सपोज नेपालले एकै मन्चमा एकसाथ तीन सौदर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । सौदर्य प्रतियोगीता आयोजनामा अन्तराष्ट्रिय छवी बनाउन सफल एक्सपोजले ‘मिस राजधानी २०१७’, ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेज राजधानी २०१७’ नामक तीन फरक प्रतियोगीता एकसाथ गर्न लागेको हो । आइतबार एक बिज्ञाप्ती जारी गर्दै एक्सपोजले तीनै प्रतियोगीताको लागि आवेदन समेत खुल्ला गरेको छ ।

पुरा पढ्नुहोस्

‘लजालु रुप’ लिएर आए कमल

मेचीकाली : 2017-04-02 17:58:16

काठमाडौं–सांगीतिक यात्राको एक दशक लामो यात्रामा थुप्रै प्रकारका गीत गाएका युवा गायक कमल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी पनि रहेका श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ आइतबार भाइब्स क्रिएसन मार्फत् सार्वजनिक गरिएको हो ।आधुनीक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

आफ्नै गीत खोज्दै चर्चित लोक गायक राजु परियार

मेचीकाली : 2017-02-09 17:15:10

अच्युत रेग्मी

धोका दिनेलाई के भनौँ र खै तिमी हाँस भो मै बाँचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइँतिर कि लाउँ माया मै तिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर । यी र यस्तै असङ्ख्य लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविस–९ मा जन्मेका राजु सात वर्षको उमेरदेखि नै जानेर नजानेर गीत गाउन थालेका हुन् ।

पुरा पढ्नुहोस्

शान्तीको सन्देश फैल्याउन मिस नेपाल पिस हुने

मेचीकाली : 2017-01-24 17:04:15

काठमाडौ । चौथो संस्करणमा आएर ‘मिस नर्स नेपाल’ अव ‘मिस नेपाल पिस’को नामबाट आयोजना हुने भएको छ । अन्तराष्ट्रिय स्तरमा शान्तिको सन्देश फैल्याउने प्रतिबद्धताका साथ परिमार्जित एबं अझ परिस्कृत हुँदै यो प्रतियोगिता ‘मिस नेपाल पिस’को नाममा अगाडि लैजान लागेको आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाद्धारा जारी बिज्ञाप्तीमा भनिएको छ ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व रहने भएपछि ‘मिस नर्स नेपाल’को नाम परिमार्जित गरिएको हो ।’

पुरा पढ्नुहोस्

थिएटर मलमा ‘बेड नं. ९९’

मेचीकाली : 2017-01-22 08:40:37

काठमाडौंँ- थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ ।महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिनुभएको हो । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्बहरु मार्फत कथालाई दृश्यमा उतार्नुभएको छ ।नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर र हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु हो भन्नुभयो ।‘बेड नं ९९’ यो एक पुरुषको कथा हो जसले संँगैको अर्को शय्या नं ९८ को कथा बोल्छ, जो आफैँमा हीनताबोधले ग्रस्त छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु