Sunday, 24 September 2017 12:35 pm, Nepal

बनेपामा राष्ट्रिय बाणिज्य बैंकको ११५औं शाखा

मेचीकाली : 0000-00-00 00:00:00


राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले काभ्रेको बनेपामा ११५ औं शाखा खोलेको छ । आधुनिक बैंकिङका सबै सुविधाहरूसहित स्थापनादेखि नै सन्चालनमा ल्याइएको यसप्रकारको पहिलो शाखा बनेपा शाखा बनेको बैंकका प्रवक्ता जनार्दन आचार्यले बताएका छन् । गत आइतबारदेखि सन्चालनमा ल्याइएको उक्त शाखाले बनेपाजस्तो भौगोलिक रूपले सानो क्षेत्र र बढी बैंकिङ प्रतिस्पर्धा भएको ठाउँमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा र सेवा उपलब्ध गर्राई व्यापारिक गतिविधि बढाउन सहयोग गर्ने जनाएको छ । बैंकको उद्घाटन गर्दै राष्ट्रिय बाणिज्य बैंक सन्चालक समितिका अध्यक्ष भोला चालिसेले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँ शाखाहरू खोल्ने क्रममा आफूहरू लागेको र सरकारी स्वामित्वको बैंक भए पनि बनेपा शाखाको आधुनिक व्यवस्था कुनै पनि निजी बैंकभन्दा कम छैनौं भन्ने सोचको उपलब्धि भएको बताउनुभयो । बैंकका विदेशी व्यवस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ब्रुस एप\m. हेन्डरसनले ४० वर्षो अवधिपछि बनेपामा शाखा खुल्नु राम्रो संकेत भएको जनाउँदै बनेपा शाखा धुलिखेल र काठमाडौं शाखाको 'मिसिङ लिंक' भएको बताउनुभयो । काभ्रे उद्योग तथा बाणिज्य संघका अध्यक्ष लक्ष्मीलाल राजभण्डारीले बनेपामा १ हजारभन्दा बढी उद्यमीहरू समेटिए पनि अहिलेसम्म बैंकिङ बानीको विकास सन्तोषजनक ढंगमा हुन नसकेको बताउनुभयो । बनेपा धुलिखेल र काठमाडौंबीचको सानो सहर भए पनि त्यहाँ खुलेका बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । देशका मुख्यमुख्य निजी क्षेत्रका बाणिज्य बैंकहरू, फाइनान्स कम्पनीहरू र ५० को हाराहारीमा रहेका सहकारी संस्थाहरूको उपस्थितिले बैंकिङ क्षेत्रको प्रतिस्पर्धालाई राम्रोसँग आँकलन गर्न सकिन्छ । बनेपामा रहेका ठूला बैंकका शाखा कार्यालयहरूमा हिमालयन बैंक, लक्ष्मी बैंक, एनसीसी, माछापुच्छ्रे, एनआईवीएल, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, नेपाल श्रीलंका मर्चेन्ट बैंक, त्यसैगरी पशुपति विकास बैंक, अन्नपर्ूण्ा विकास बैंक, इन्प|mास्ट्रक्चर डेभलोपमेन्ट बैंक, ३/४ वटाको संख्यामा फाइनान्स कम्पनीहरू र ५० भन्दा बढी सहकारी संस्थाहरू रहेका छन् ।

चन्दा नदिएपछि युवामाथि कुटपिट

रुपन्देही, १५ मंसिर : विभिन्न बहानामा संगठित भएका सशस्त्र समूहको आतंक तराई तथा मधेश क्षेत्रमा घटेको छैन । बरु उनीहरुको अत्याचार दिनदिनै बढिरहेको छ । यही क्रममा तराईमा लामोसमयदेखि हतियारसहित आतंकमच्चाउन क्रियाशिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत) समूहका कार्यकर्ताले चन्दा नदिएको आरोपमा रुपन्देहीको रुद्रपुरका एक युवालाई मरनासन्न हुनेगरी कुटपिट गरेका छन् ।

मंसिर १३ गते सोमबार राती ११ बजे हतियारसहित आएका मोर्चाका कार्यकर्ताले रुद्रपुरका लाई कुटपिट गरेका हुन् । घरमा सुतिरहेका सँग उनीहरुले मोटो रकम चन्दास्वरुप मागेका थिए । तर उनले रकम दिन नसक्ने बताएपछि मोर्चाका कार्यकर्तासँग सामान्य भनाभन भएको थियो । विवाद बढ्दै गएपछि घरको गेटमारहेका मोर्चाका कार्यकर्ताले उनलाई अन्धाधुन्द कुटपिट गरेका थिए । कुटपिटबाट उनी बेहोस भएपछि कार्यकर्ताहरु घरभित्र पसेर लुटपाट मच्चाई मधेश प्रदेश जिन्दावाद नारा लगाउँदै पश्चिमतिर भागेका थिए । मातृशोकमा डुबेका परिवारका अन्य सदस्य पुरानो घर बागलुङ गएको हुनाले उनी घरमा एक्लै थिए घटनापछि बेहोस लाई स्थानीयबासीले उद्धार गरी उपचारका लागि नजिकैको क्लिनिकमा पुर्याएका थिए ।

उनका अनुसार यसअघि पनि उनलाई यसअघि पनि सशस्त्र समूहका कार्यकर्ता आएर चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु