Tuesday, 26 September 2017 02:56 pm, Nepal

स्वास्थ्य चौकी माओवादी कार्यालय

मेचीकाली : 0000-00-00 00:00:00


तालढुंगा -काभ्रे), १८ माघ-
माओवादीले दुइ वर्षेखि यहाँको स्वास्थ्य चौकीमा कार्यालय सञ्चालन गर्दै आएका छन् । तालढुंगास्थित स्वास्थ्य चौकी भवनको दर्ुइ कोठा कब्जामा लिई कार्यालय सञ्चालन गरेका हुन् । स्थानीयवासीका अनुसार माओवादी कार्यकर्ता त्यहा“ पार्टीको काम गर्नुका साथै राति त्यही“ सुत्ने पनि गर्छन् । 'दिनभरि पार्टीको काम गर्छन्,' एक स्थानीयले नाम नछाप्न आग्रह गर्दै भने- 'राति यही“ सुत्छन् ।' माओवादी इलाका इन्चार्ज बिछोडसहितका कार्यकर्ता स्वास्थ्य चौकीमा बस्दै आएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीमै गर्भधारण केन्द्र स्थापना गर्ने योजना र्सार्वजनिक गर्दै माओवादीलाई अन्यत्र कार्यालय सञ्चालन गर्न आग्रह गरेको छ तर माओवादीले अझै त्यहा“बाट कार्यालय हटाएको छैन । चौकीको नियमित स्वास्थ्य सेवा भने अर्को भवनमा हु“दै आएको छ । स्वास्थ्यसम्बन्धी तालिम माओवादी बसेको भवनकै अर्को कोठामा सञ्चालन हुने गरेको त्यहा“ कार्यरत स्वास्थ्यकर्मीले बताए । 'तालिम चलाउन पनि रोक्न खोजेका थिए तर हामीले यही“ चलायौं,' एक स्वास्थ्यकर्मीले भने । गत शनिबार सञ्चारकर्मी पुग्दा माओवादी त्यहा“ थिएनन् । सधैंजसो त्यही“ बस्ने उनीहरू सञ्चारकर्मी आउने पूर्व जानकारी पाएपछि अघिल्लै दिन कार्यालयमा ताला लगाई हि“डेको स्थानीयवासीले जानकारी गराए । उनीहरूका अनुसार माओवादीले केही दिनअघि कार्यालयको बोर्ड निकालेका थिए । जिल्लाको दुर्गम डाँडापारि क्षेत्रका १० गाविसका अन्य उपस्वास्थ्य चौकी यसै स्वास्थ्य चौकीअर्न्तर्गत सञ्चालित छन् । स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट रामपुकार यादव दुइ दिनदेखि कार्यालयमा अनुपस्थित थिए । आमा बिरामी भनेर बिदा लिई घर गएको त्यहा“का अन्य स्वास्थ्यकर्मीले बताए । अहेब गंगेश्वर झाले स्वास्थ्य चौकीमा बस्ने गरे पनि अन्य कुरा थाहा नभएको बताए । स्वास्थ्य चौकीको भवन खाली भएकाले आफूहरू बसेको माओवादी कार्यकर्ता देवानसिंह लामाले दाबी गरे । 'आवश्यक परे हामी छोडिदिन्छौं,' उनले भने ।

खुमानसिं तामाङ
कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु