Tuesday, 26 September 2017 12:33 am, Nepal

हजारभन्दा बढीको स्वास्थ्य परीक्षण

मेचीकाली : 0000-00-00 00:00:00


काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र शिखरआम्बोटेमा पर्यटन कल्याण केन्द्र नेपाल (ट्वेक नेपाल)को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

शिखरआम्बोटे गाविस-६ स्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयको प्रा•णमा शुक्रबारदेखि सञ्चालन भएको शिविर आइतबारसम्म चल्नेछ।

सरकारले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहँच पुर्याउन नसकेको अवस्थामा यस शिविरबाट स्थानीय बासिन्दाहरु बढी लाभान्वित हुने आयोजकको दाबी छ। शिविर सञ्चालनका लागि आर्थिक सहयोग आयोजक संस्थाका सल्लाहकार गणेश लामाले गरेका छन्। शिविरको पहिलो र दोस्रो दिनमा १ हजारभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको आयोजक संस्थाका महासचिव अर्जुन लामाले जानकारी गराउनुभयो।

शिविरमा काठमाडौं मेडिकल कलेज र पिपुल्स डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको छ। शिविरमा पाँच जना चिकित्सक, दुइ जना नर्स तथा स्थानीय उपस्वास्थ्य चौकीका प्राविधिकहरुले सहयोग पुर्याइरहेका छन्। महादेवटार, क्षत्रेबाझ, शिखर, खहरेपागु, भुग्देउलगायत वरपरका आठ गाविसका बासिन्दाहरु शिविरमा उपचारका लागि आएका थिए। उपचारका लागि आएकामध्ये अधिकांश महिला तथा बालबालिकाहरु रहेका थिए।

यहाँका अधिकांश पुरुषहरु अध्ययन, रोजगारी, व्यापार व्यवसायका लागि शहरमा बस्ने भएकाले शिविरमा महिलाहरु बढी आएको आयोजक बताउँछन्।

विशेषज्ञ चिकित्सकको सेवा लिन दिनभर लगाएर बनेपा, धुलिखेललगायतका क्षेत्रहरुमा आउनुपर्ने बाध्यता रहेको सो ठाउँमा एकै पटक पाँच जना चिकित्सकहरु गई सेवा प्रदान गर्दा स्थानीय बासिन्दाहरु निकै हषिर्त भएका थिए। गाउँमै उपचार पाएकोमा खुशी हुँदै ७२ वषर्ीय हरिबहादुर लामा भन्छन्- बिरामी अवस्थामा दिनभरिको बाटो पार गरी उपचार गराउन जानुपथ्र्यो गाउँमै उपचार गराउन पाउँदा हाम्रा लागि भगवान् प्रकट भएजस्तै भएको छ।

उपचार गराउन अस्पतालसम्म पुर्याउन नसकेर विशेष गरी गर्भवती तथा अशक्त महिलाहरुले अकालमै ज्यान गुमाउनुपरेको तितो यथार्थता रहेको बताउँंदै आयोजक संस्थाका सार्कीमान लामा भन्छन्- यो स्वास्थ्य शिविरबाट धेरै महिलाहरुलाई फाइदा पुग्नेछ। स्वास्थ्य शिविर सञ्चालनका लागि स्थानीय समाजसेवी तथा आयोजक संस्थाका सल्लाहकार गणेश लामाले व्यक्तिगत रुपमा करिब ४ लाख रुपियाँ सहयोग गरेका छन्।

खहरेपांगु-२ का पाँच वषीय बालक सानु विकको उपचारबाट शुरु भएको स्वास्थ्य शिविरको उद्घाटन संस्थाका सल्लाहकार गणेश लामाले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्षर् इश्वरीप्रसाद ओझा, आयोजक संस्थाका मिलन गुरुङ, विद्यालयका प्रधानाध्यापक हिराबहादुर लामालगायतले यस्ता शिविरले ठूलो सहयोग पुर्याउने कुरा व्यक्त गरेका थिए। यति धेरै विशेषज्ञसहितको चिकित्सक टोली गाउँमै आएर उपचार गरेको पहिलो पटक भएको स्थानीय बासिन्दाहरु बताउँछन्। नेप्से परिसूचकको यो वृद्धि विनिमय बजार सञ्चालनमा आएयताकै सबैभन्दा उच्च हो।

- रामकृष्ण तिमल्सिना (शिखरआम्बोटे, काभ्रे)

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु